२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

भूमिहीनलाई जग्गाको लालपुर्जा दिलाइने

१२ फाल्गुन २०७५, आईतवार ०९:२०

फागुन १२, नुवाकोट (रासस) | जिल्लामा विर्ता, गुठी पीडितको अधिकारका लागि कार्यरत जिल्ला भूमिअधिकार मञ्चका अध्यक्षमा विन्दा नेपाल चयन हुनुभएको छ । विदुरमा भएको दोस्रो जिल्ला अधिवेशनले नेपालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको हो । 

समितिका उपाध्यक्षमा बलभद्र नेपाल, सचिवमा रामचन्द्र गजुरेल, सहसचिवमा नवराज भुजेल र कोषाध्यक्षमा पविना भट्ट चयन हुनु भएको छ । सदस्यमा कान्छी नेपाली, मदन सूचीकार, सानुकान्छा श्रेष्ठ, कुलबहादुर श्रेष्ठ, रणबहादुर तामाङ, रञ्जु लामिछाने र कल्पना न्यौपाने चयन हुनु भएको छ । 

अधिवेशनको उद्घाटन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले आफ्नो कार्यकालमा विर्ता र गुठी समस्या समाधानका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरिने र भूमिहीन सुकुम्वासीलाई जग्गाको लालपुर्जा दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय भूमिअधिकार मञ्चका संस्थापक अध्यक्ष सोमप्रसाद भण्डारीले सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि प्राथमिकतामा नै नपारेको आरोप लगाउनुभयो । जिल्लामा पाँच हजार रोपनी बिर्ता जग्गा(तलबस्वरुप वा खुशी भएर दिइएको) छ । जिल्लाका विदुर, जिलिङ, रातमाटे, दुईपीपल, गोस्र्याङ, चारघरे, खड्गभञ्याङ, गेर्खु र चौघडामा बिर्ता समस्या विद्यमान रहेको मञ्चका अध्यक्ष नेपालले बताउनुभयो । जिल्लामा एक हजार ५५८ परिवारले जोतभोग गरिरहेका चार हजार ९५७ रोपनी बिर्ता छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान