२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राष्ट्रिय स्वाधिनताका लागि लडौं–उपप्रधानमन्त्री केसी  

२४ फाल्गुन २०७२, सोमबार ०७:१०

फागुन २४, कुस्मा / नेपाल सरकारका उपप्रधान एंव सहकारी तथा गरिबी निवारण मन्त्री चित्र बहादुर केसीले देश जोगाउन राष्ट्रिय स्वाधिनताको रक्षा गर्न देश भित्र र बाहिरका शक्तिसंग लड्नुपर्ने बेला आएको बताउनुभएको छ ।

chitra b kc

पर्वतको कुस्मामा रहेको रेडियो दिदीबहिनीले आयोजना गरेको बृहद पश्चिमाञ्चलस्तरिय महिला महोत्सवको आईतबार कुस्मामा उद्घाटन गर्दै उपप्रधानमन्त्री केसीले नेपाल र नेपालीको स्वाधिनतामाथि विदेशीहरुले खेल्न खोजेकाले देश जोगाउन लड्नुपर्ने धारणा राख्नुभएको हो ।

उहाँले नेपालीले जनताको अधिकार रक्षाका लागि ६५ वर्षको मेहेनेतले जारी गरेको संबिधान अरुलाई मन नपरेका कारण देशमा नाकाबन्दीको मार खेप्नुपरेको बताउनुभयो । देशलाई विखण्डन गराउन मधेशलाई पहाडबाट अलग गराउन खोजिएको र त्यो किमार्थ स्विकार नहुने बताउनुभयो । उहाँले भारतले मधेशका २० जिल्ला अलग पार्न चलखेल गरिरहेको दाबी गर्नुभयो ।
केसीलेले संघीयता विदेशीलाई खुशी बनाउनका लागि ल्याइएको भन्दै राष्ट्रिय जनमोर्चा संघीयता खारेज नभएसम्म लडिरहने बताउनुभयो । उहाँले नेपालको संबिधान बनाउँदा विदेशी बेखुशी हुनुपर्ने कारण नरहेको बताउँदै नेपालका नेताहरु समेत भारतले गरेको नाकाबन्दीलाई अघोषित भन्दै आएको बताउनुभयो । ‘नेपालमा संविधान बन्दा विदेशीलाई टाउको दुख्ने भएपछि कसरी देश समृद्ध हुन्छ’ उहाँले भन्नुभयो आफ्नो देशको संबिधान बनाउन किन भारतलाई पुकार्नुपर्ने रु उहाँले नेपालमा सबैभन्दा बढि भारतकै हस्तक्षेप रहेको बताउनुभयो ।
केसीले अहिले देश भिरको चुचुरोमा रहेकाले बचाउन नसके भिरबाट खस्ने धारणा राख्नुभयो । देश निकै गम्भिर अवस्थामा रहेको छ उहाँले भन्नुभयो राष्टिय स्वाधिनताका लागि देश जोगाउन सबै मिलेर जानुपर्छ । केसीले भारतले नेपालमा आफु अनुकुलको संविधान नबनेपछि नाकाबन्दी गरेर नेपालका नेताहरुलाई रुवाएको बताउँदै अन्तत उसले संसिवधान संसोधन गराएर फेरी अर्को हस्तक्षेपको श्रृखला शुरु भएको बताउनुभयो ।

केसीले मधेशी नेताहरु समेत भारतको उक्साहटमा लागेर देशलाई विखण्डन गराउन खोजेको समेत आरोप लगाउनुभयो । नेपाल हिमाल देखि तराईसम्म एउटै हुन्छ र हुनुपर्छ उहाँले भन्नुभयो । केसीले जनसंख्यालाई मुख्य आधार बनाएर निर्वाचन क्षेत्र बनाउनै नहुने भन्दै अब भुगोलको आधारमा निर्वाचन क्षेत्र कायम गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले राष्ट्रिय जनमोर्चा सरकारमा जादैमा संघियताको मुद्धा ओझेलमा नपरेको भन्दै संघियताकै गलपासोले देशमा ठूलो संकट आएको दोह¥याउनुभयो ।

कार्यक्रममा बोल्दै रेडियो दिदीबहिनीका अध्यक्ष तथा सांसद कल्पना चापागाईले समाजमा महिलाहरुले पनि केहि गर्न सक्छने भन्ने उदाहारण रेडियो दिदीबहिनीले हरेक वर्ष देखाउँदै आएको बताईन । उनले अब महिलाहरु सँधै चुलो र चौकोमा मात्र सिमीत नभई समाज र राष्ट्र निर्माणका हरेक गतिविधिमा एकजुट भएर लाग्नुपर्ने बताईन ।

महिलाहरुको मात्र व्यवस्थापनमा संचालित सामुदायिक रेडियो दिदीबहीनीले आयोजना गरेको महोत्सव २६ गते सम्म संचालन हुने भएको छ । महोत्सवमा लघु तथा घरेलु उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरु प्रदर्शनी, कृषि तथा पशु प्रदर्शनी, स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु रहेका छन् । त्यसैगरी टपरी गाँस्ने प्रतियोगिता, रत्यौली प्रतियोगिता, झाँकी प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता, विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहेको छ । चार दिन सम्म संचालन हुने महोत्सवका एक लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ ।

अध्यक्ष चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सिता शर्मा र संचालन अनुसा पौडेलले गरेकी थिईन । यस अघि विभिन्न संघ संस्था, पञ्चे वाजा समुह, कृषि समुह, महिला समुह, क्लव तथा पर्वत, बागलुङ र कास्कीका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक सहितको हजारौको ¥यालीले कुश्माबजार परिक्रमा गरेको थियो ।आइतवारै पन्चे बाजा र टपरी गाँस्ने प्रतियोगिता समेत सम्पन्न भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य