२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

१५ श्ययाको अस्पताल बन्दै

१३ फाल्गुन २०७५, सोमबार ०८:५१

फागुन १३, बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरी देउराली गाउँपालिका–५ पोखरीचौरीस्थित ढाँटखर्क भालचौरमा १५ श्ययाको अस्पताल बन्ने भएको छ । 

साविक धुसेनी शिवालय स्वास्थ्यचौकीलाई ‘अपडेट’ गरी १५ श्ययाको अस्पताल बन्ने तयारी भइरहेको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ५ का अध्यक्ष राजकुमार गौतमले बताउनुभयो । “त्यसका लागि आवश्यक पर्ने १६ रोपनी जग्गाको व्यवस्थापन गरिसकेका छौँ”, गौतमले भन्नुभयो, “स्वास्थ्यचौकीको नाममा पहिला नै भएको पाँच रोपनी गर्दा २१ रोपनी जग्गा हामीसँग प्राप्त भइसकेको छ, अब छिट्टै भवन निर्माणको काम अगाडि बढ्छ ।” स्थानीय बासिन्दाको सहयोगमा सो जग्गा प्राप्त गरेको वडाध्यक्ष गौतमले बताउनुभयो । 

अस्पतालको भवन निर्माण गर्न प्रदेशसभा सदस्य रत्न ढकालको पहलमा प्रदेश सरकारबाट यसै आर्थिक वर्षको बजेटबाट रु एक करोड ६९ लाख प्राप्त भएको छ । सांसद ढकालले प्रदेशबाटै भवनको डिजाइन भइरहेको बताउनुभयो । “पहिला बनाएको डिजाइनमा अलि फरक गर्नुपर्ने भएपछि अर्को तयारीमा रहेको छ”, सांसद ढकालले भन्नुभयो, “त्यसको टुङ्गो लाग्ने वित्तिकै निर्माणकार्य अगाडि बढ्छ ।” अस्पतालका लागि डा नियुक्तीको विषयमा समेत प्रक्रिया अगाडि बढिरहेको उहाँले बताउनुभयो । 

चौरी देउराली गाउँपालिका स्वास्थ्य शाखा संयोजक तेज घिसिङले अस्पताल निर्माणका लागि केही समय अगाडि निर्देशिका र कार्यविधि प्राप्त भइसेकाले अब व्यवस्थापन समितिको बैठक छिट्टै बसेर स्वास्थ्य सामग्री खरीदको प्रक्रिया अगाडि बढाउने तयारीमा रहेको बताउनुभयो । 

“व्यवस्थापन समितिको बैठक बसेपछि कहिलेबाट कसरी काम शुरु गर्ने भन्ने कुरा टुङ्गो लाग्ने बितिकै सूचना प्रकाशन गरेर काम अगाडि बढ्छ”, स्वास्थ्य शाखा संयोजक घिसिङले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य