2026-10-22 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भूकम्पपीडितले घर बनाउन पाएनन्

फागुन १३, चितवन । झण्डै चार वर्षअघिको भूकम्पका कारण जिल्लामा घर क्षति भएकामध्ये एक हजार ६५५ परिवारको आफ्नै जग्गा नहुँदा पुनःनिर्माणबाट वञ्चित भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आफ्नै जग्गा नहुनेलाई जग्गा खरीदका लागि रु दुई लाखसमेत दिने भए पनि सो रकमले जग्गा खरीद गर्न नसकिने भन्दै लाभग्राही कार्यालयको सम्पर्कमा नआएका हुन् । 

जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका इञ्जिनीयर सुजन नेपालका अनुसार हालसम्म जग्गा खरीदका लागि कोही पनि आएका छैनन् । 

नेपालले घर क्षति भएका मध्ये एक सय जनाले पहिलो किस्तावापतको रु ५० हजार समेत लगेका छन् । घर निर्माणका लागि नक्सा पास गर्नुपर्ने प्रावधान बनेपछि आफ्नो जग्गा नभई वन र ऐलानी क्षेत्रमा बसेकाले घर निर्माणका लागि रकम नपाएका हुन् । प्राधिकरणले जग्गा खरीदका लागि विनियोजन गरेको रकम अपुग भएका कारण कोही पनि सम्पर्कमा नआएको नेपालले बताउनुभयो । 

प्रभावित कतिपय भूकम्पले भत्काएको घर टालटुल गरी असुरक्षित रूपमा बसेका छन् भने कतिपय आफन्त र चिनजानका खाली भएका घर गोठमा बस्दै आएका छन् । पुरानो बसेको ठाउँमा धेरै जग्गा चर्चेर बसेका कारण अहिले सरकारले दिने रकमले खरीद गर्न सकिने विकटको थोरै जग्गामा जान उनीहरुले रुचि नदेखाएका हुन् । 

कार्यालयको सहयोगमा हालसम्म जिल्लामा एक हजार ८७८ घर निर्माण सम्पन्न भइसकेका छन् । घर बनाउन तीन हजार ५८८ परिवारले दोस्रो किस्ता लगेका छन् भने पहिलो किस्ता लानेको सङ्ख्या पाँच हजार ७८० परिवार रहेको छ । भूकम्पबाट जिल्लामा सात हजार ३३५ परिवारको घर पूर्णरुपमा क्षति भएको थियो । 

त्यसैगरी ५९३ परिवारको घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ । पछि घरमा आंशिक क्षति पुगेको तर नाम छुटेको भन्दै ६ हजार १८ जनाले गुनासो दर्ता गराएको कार्यालयले जनाएको छ । भूकम्प गएको दुई वर्षपछि कार्यालय खुलेका कारण सोही बीचको समयमा आफैँ घर बनाउने करीब एक हजार ५०० परिवारले पनि मापदण्ड नपुगेको भन्दै निकासा पाउन सकेका छैनन् । भूकम्पले घर पूर्ण क्षति भएका परिवारलाई प्राधिकरणले निर्माणका लागि रु तीन लाख अनुदान दिँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ