२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फागुन २९ देखि चैत्र ५ सम्म रोटर्याक सप्ताह हुने

२७ फाल्गुन २०७२, बिहीबार ०३:३२

फागुन २७, पर्वत । रोटर्याक क्लब अफ पर्वतले आफ्नो सप्ताव्यापी कार्यक्रम यहि फागुन २९ देखि चैत्र ५ गते सम्म गर्ने भएको छ ।

सन् २०११ मा रोटरी क्लबको सौजन्यमा स्थापना भएको यस क्लबले आफ्नो स्थापना कालको अबसरपारी आफ्नो सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको बुधबार पत्रकार सम्मेलन गरी क्लबले जनाएको छ । पत्रकार सम्मेलनमा क्लबले आफ्नो सप्ताहबव्यापी कार्यक्रमको बारेमा सेमत जानकारी दिएको छ ।

स्थापना कालको अबसरमा यस बर्ष उक्त क्लबले फागुन २९ गते आफ्नो उद्घाटन समारोह गर्नेछ । भने ३० गते जनताधन उमावि बलेवाका दृष्टिविहिनहरुलाई घडी प्रदान गर्ने, चैत्र १ मा खौलालाकुरी मावि खौलामा झोला, ड्रेस तथा शैक्षिक सामाग्री वितरण, २ गते मोदीबेमणीमा रहेका बृद्धबृद्धालाई सम्मान तथा स्वास्थ्य उपचार एवं सोलार बत्ती हस्तान्तरण, शिवालय चोकमा ट्राफिक अबार्डनेस कार्यक्रम, चैत्र ३ गते मुडिकुवा ८ रुग्दीमा ह्वेल चियर तथा स्टेचर वितरण, ४ गते शसस्त्र प्रहरी चण्डीका गण्मा उवासंघ पर्वतसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता, ५ गते शिवालय बहुमुखी क्याम्पस कुश्मामा लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेता कार्यक्रम र समापन हुने कार्यक्रमका मुल संयोजक रो. कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

उक्त कार्यक्रको लागि क्रमशः रो. अन्तिम गुरुङ, उत्तम केसी, अमृत पोख्रेल, कामना रेग्मी, अर्जुन केसी, गोकुल चापागाई, विमल पौडेल, दिनेश तिवारी, र अर्जुनराज पुरीलाई संयोजकको रुपमा चयन गरेको छ ।

उक्त कार्यक्रम सम्पन्न गर्नको लागि झण्डै ५ लाख ८५ हजार खर्च लाग्ने अनुमान गरीकाएको क्लबका अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए । क्लबको सप्ताहव्यापी कार्यक्रम सम्पन्न गर्नको लागि विभिन्न सहयोगी निकाय, व्यापारी, उद्योगी व्यवासायसँग सहयोग माग्ने क्लबले जनाएको छ । उक्त पत्रकार सम्मलेनको संचालन रो. आर् सी पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य