2026-06-28 05:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जुम्लाका खेलाडी सुर्खेतमा सम्मानित

2019-02-26

फागुन १४, सुर्खेत । फुटबल तथा एथ्लेटिक्समा प्रथम तथा द्वितिय हुने जुम्लाका खेलाडीलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईले सम्मानित गरेका छन् । ‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकुद प्रतियोगिता २०७५’ मा महिला फुटबल, पुरुष तथा महिला एथ्लेटिक्सतर्फ प्रथम, द्वितिय स्थान हात पार्नेलगायत प्रतियोगितामा भाग लिएका खेलाडीहरुलाई चौलागाइँले सम्मानित गरेका हुन् ।


प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा जुम्लाले फुटबलमा पहिलो स्थान हातपार्ने महिला खेलाडी, एथ्लेटिक्स पुरुषतर्फ १५ सय दौड प्रतियोगितामा प्रथम हुने जुम्लाका नरेश बुढा एथ्लेटिक्स महिलातर्फ १५ सय दौडमा प्रथम हुने जुम्लाका राममाया बुढा र द्वितिय हुने जुम्लाकै सीता न्यौपानेलाई खादाले सम्मान गरिएको थियो । खेलमा विजयी तथा सहभागी सबै खेलाडीहरुर्ला सम्मान गर्दै केन्द्रीय सदस्य चौलागाईले खेलजगत्मै दिलोज्यान दिएर लागेका खेलाडीहरुको मनोबल उच्च बनाउन र हौसला बढाउन व्यक्तिगतरुपमा सम्मानको कार्यक्रम राखेको बताए । खेलाडीहरुले राष्ट्रको नाम उँचो राखेको बताउँदै उनले देशका गहनाहरुलाई उचित सम्मान र सहयोग हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय समाचार समिति (रासस) कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेतका प्रमुख शुरबहादुर सिंहले कर्णालीले खेलजगत्मा सिंगो मुलुकको नेतृत्व गर्ने हैसियत राख्नुपर्नेमा जोड दिए । ‘कर्णाली सबैखाले खेलको संभाव्य भूमि हो,’ उनले भने, ‘यसको विकास र प्रवद्र्धनमा राज्यले प्राथमिकता दिनुपर्दछ ।’ जिल्ला खेलकुद विकास समिति जुम्लाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले खेलाडीहरुलाई सम्मान गरेर उर्जा दिनुभएको भन्दै महासंघका केन्द्रीय सदस्य चौलागाईप्रति कृतज्ञता प्रकट गरे । एथ्लेटिक्स प्रशिक्षक तथा अन्तराष्ट्रिय म्याराथुन धावक हरिबहादुर रोकायाले खेलाडीहरुले भोको पेटमा दौड्नुपर्ने विवशता रहेको दुखेसो गरे । राज्य नै खेलाडीहरुको अभिभावक नबन्दा प्रशिक्षण दिन र खेलाडी जन्माउन कठिन भएको उनले बताए । कर्णालीको पातारासीस्थित लौठचौरमा अन्तर्राष्ट्रियस्तरको हाई अल्टिच्यूड निर्माणको कार्य जतिसक्दो चाँडो अघि बढाईए स्वदेशी विदेशी खेलाडीहरु कर्णालीमा भित्रिने उनको जिकिर थियो । 

उक्त सम्मान कार्यक्रममा गैरसरकारी संस्था महासंघ, कर्णाली प्रदेशका उपाध्यक्ष दुर्गाप्रसाद पाण्डे, पूर्व खेलाडी कृष्णबहादुर रोकाया, जिल्ला खेलकुद विकास समिति सुर्खेतका प्रतिनिधि कविदत्त न्यौपाने, लेखक रामसिंह रावल र कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी