Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चरेससहित एक महिला पक्राउ

By kit 2 मिनेट पढाइ

<p>फागुन १५, रुकुम | जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले चरेससहित एक महिलालाई पक्राउ गरेको छ । जिल्लाको सिस्ने गाउँपालिका–५ रुमालबाराबाट ८०० ग्राम चरेससहित गाउँपालिका–६ की ५३ वर्षीय विद्या गुरुङलाई पक्राउ गरेको हो ।&nbsp;<br></p><p>गुरुङलाई चरेससहित सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रनाउ खड्काले जानकारी दिनुभयो । घरमा लुकाइछिपाइ खरीद गरी बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)बाट खटिएको टोलीले उहाँलाई पक्राउ गरेको हो ।&nbsp;</p>