2026-07-25 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बर्राचौरमा खानेपानी योजनाको निर्माण कार्य सकियो

khanepaniदेवराज पुरी/फागुन ३०, पर्वत । बर्राचौर गाविस वार्ड नं. ७ स्थित कार्तिके गैरे असीमुरे खानेपानी योजनाको सम्पूर्ण काम सम्पन्न भएको जनाइएको छ ।

बर्राचौर गाविसमा संचालित ३ वटा खानेपानी योजनाहरु मध्ये यस कार्तिके गैरे असीमुरे खानेपानी योजनाको निर्माणको काम अग्रपंक्तीमा सकिएको हो । जिल्ला विकास समिति, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना पर्वतको आर्थिक, सामाजिक, प्राविधिक सहयोग रहेको यस खानेपानी योजनाले सेवाबाट छुटेको बस्ति, खानेपानी पर्याप्त नभएका बस्तीका उपभोक्ताहरुका लागि खानेपानीको सम्बोधन गर्ने लक्ष्य रहेको छ ।

योजनामा इन्टेक २ वटा, रिजर्भेसन ट्यांकी २ वटा, मूख्य पाईप लाईन तथा शाखा पाइप लाईन खन्ने पुर्ने काम, रिजर्वेसन ट्यांकी वरिपरी ब्यबस्थित वारवेर, रङ्गरोगन, धारा ५ वटा निर्माण एबं सार्बजनिक चर्पी १ वटा निर्माण सम्पन्न भइसकेको कुरा बर्राचौर रानीपानीका फिल्ड संयोजक देवराज पुरी बताउछन ।

कार्तिके गैरे असीमुरे खानेपानी योजनाबाट दलित घर धुरी तथा अन्य घरधुरीका जना लाभान्वित हुने भएका छन् । उक्त योजना समूदाय, गाउँ विकास समिति, जिल्ला विकास समिति, नेपाल सरकार तथा फिनल्याण्ड सरकारको सयुक्त लगानी रु ११०९१३९.३६ मा निर्माण सम्पन्न भएको हो ।

बर्राचौर गाविसकै सरसफाईको नमूना वार्डको रुपमा रहेको यस वार्डमा खानेपानीको योजना एबं सार्बजनिक चर्पीको निर्माणले सरसफाईका लागि थप टेवा पुगी उदाहरणीय वार्ड बनाउनमा सहयोग भएकोले जिल्ला विकास समिति, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण पर्बतलाई सधै सम्झिरहने कुरा स्थानिय समाजसेवी भवानी प्रसाद शर्मा बताउछन ।

खानेपानी योजनाको निर्माणले बास्तविक आवश्यकता भएको बस्तीका लागि पानीको योजना संचालन भएको कुरा योजनाका अध्यक्ष कुल बहादुर हिताङ्ग ब्याख्या गर्छन् भने सार्बजनिक शौचालयको निर्माण गर्नाले छिमेकी वार्ड तथा छिमेकी गाविसका खेतबारीमा आवत जावत गर्ने एबं ओढारे पँधेरो प्रयोग गर्ने सबैका लागि चर्पी प्रयोगमा सुविधा भएको हुँदा म भित्री मन देखी नै साह्रै खुशी भएकी छु भन्छिन् समाजसेवी आमा – जयन्ती गिरी ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक