2026-10-15 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली प्रदेशका १२ प्रहरीलाई पुरस्कृतका लागि सिफारिस

फागुन १५, सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा कार्यरत १२ प्रहरीलाई पुरस्कृतका लागि सिफारिस गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्य गरेको भन्दै नगदसहित पुरस्कृत गर्न सिफारिस गरेको हो । 

सिफारिस गरिएकाहरुमा पुस महीनामा उत्कृष्ट काम गर्ने जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव निरीक्षक अवदेश विष्ट क्षेत्री, कालीकोटका प्रहरी नायव निरीक्षक रमेश पन्थी, जुम्लाका प्रहरी हवल्दार हिक्मत थापा, सुर्खेतका प्रहरी जवान शिव गिरी, दैलेखका प्रहरी जवान पूर्णकुमारी खड्का र नगर प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी नायव निरीक्षक ढुण्डीराज अधिकारी हुनुहन्छ । 

त्यस्तै, माघ महीनामा उत्कृष्ट काम गर्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्री, कालीकोटका प्रहरी सहायक निरीक्षक निरज सिंह तथा जवान पार्वती बुढा, रुकुम (पश्चिम) का प्रहरी जवान प्रकाश शाही, अस्थायी ट्राफिक प्रहरी पोष्ट छिञ्चुका प्रहरी हवल्दार टोपबहादुर महतारा र इलाका प्रहरी कार्यालय दुल्लुमा कार्यरत प्रहरी जवान इन्द्रबहादुर घर्ती हुनुहुन्छ । 

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहले विभिन्न विधामा मासिक कार्ययोजनाबमोजिम उत्कृष्ट कार्य गरेकालाई पुरस्कृत गर्न लागिएको जानकारी दिनुभयो । “कार्यक्षेत्रमा इमान्दारीपूर्वक खटिएर उत्कृष्ट काम गर्ने प्रहरीलाई मासिकरूपमा पुरस्कृत गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “यसले प्रहरी कर्मचारीको मनोबल बढ्ने र आफ्नो कार्यप्रति थप इमान्दारी बनाउन हौसला बढ्ने अपेक्षा लिएका छौँ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन