पढ्न करिब 1 मिनेट लाग्छ

ताराबहादुर महत । फागुन १६, दोलखा । १२ बर्षपछि दोलखा सदरमुकाम चरिकोटमा बिहिबार विहान हिमपात भएको छ ।

दोलखाका उच्च भु–भागमा हिउँदको मौसममा हिमपात भईरहने भएपनि चरिकोटमा १२ बर्षपछि हिमपात भएको स्थानियले बताएका छन् । स्थानियका अनुसार यसअघि २०६३ सालको फागुन महिनामा चरिकोटमा हिमपात भएको थियो । हिउँ खेल्नकै लागि कालिञ्चोक, शैलुङ्ग र खरिढुङ्गा पुग्ने गरेका स्थानिय चरिकोटमै हिमपात हिउँ खेलेर रमाएका छन् ।

दोलखाका उच्च हिमाली क्षेत्र कालिञ्चोक, खरिढुङ्गा, हनुमन्ते, शैलुङ्ग लगायतका ठाउँमा हिउँ परीरहने गरेको छ । हिउँ खेल्नकै लागि दोलखाको कालिञ्चोक, शैलुङ्ग र खरिढुङ्गा लगायतका ठाउँमा आउने पर्यटकका कारण दोलखाका पर्यटकिय क्षेत्रमा समेत सहयोग पुगेको छ ।