2026-10-18 01:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

खोलाको पानी उच्च प्रविधिबाट गाँउमा, खानेपानीमा मात्रै २० करोड लगानी

फागुन १६, अर्घाखाँची | वर्षौंदेखि सञ्चालित खानेपानीका योजनाको मुहान सुकेपछि उच्च प्रविधिबाट खोलाको पानी डाँडामा तानेर वितरण गर्ने अभियान जिल्लाभर सुरु भएको छ। अग्ला पहाडमा पानीका ठूला मुहान पनि छैनन । सानातिना मूलमा पनि पानी भासिँदै गएपछि गाउँमा खानेपानीको अभाव बढदो छ । धेरै बस्तीमा पानीको दुःख थेग्न वर्षाको आकाशे पानी संकलन गर्न घरैपिच्छे घैंटा निर्माण गरिएको छ । घैंटामा पानी जम्मा गर्ने र अडकलेर प्रयोग गर्ने गरिन्छ ।

लिफ्ट प्रविधि अपनाएर खोलाको पानी डाँडामा तान्ने, ट्यांकीमा जम्मा गर्ने र घरमा मिटर सिस्टमबाट जडान गरिएका धारामा बिहान–बेलुका वितरण गरेर गाउँलेलाई पानीको गर्जो टार्न लागिएको छ । ‘गाउँका धारामा पानी आउने गरेका मुहान सुक्दै गएका छन,’ खानेपानी कार्यालय प्रमुख विपिन ज्ञवालीले भन्नुभयो, ‘भूगोल नै सुक्खा भएकाले खानेपानीको समस्या बढदो छ । खानेपानीका मुहानमाथिको र तलको जंगल मासिँदै जानु, संरक्षण नहुनु र जथाभावी सडक खनिनु मुख्य कारण हुन ।’ घरका धारामा पानी आउन थालेपछि गाउँलेले कुवा बिर्सिए । कुवाको संरक्षण नभएपछि ती मुहान पुरिए, पानी हरायो । अहिले धारामा पानी आउन छाडेपछि समस्या भएको उहाले बताउनुभयो ।

सडक निर्माणलगायत विकास निर्माणका काम गर्दा वातावरणीय प्रभाव मूल्यांकन गरिएन । ठूला रूख र बोट विरुवा संरक्षणमा पनि कसैले ध्यान दिएन । योजना सम्पन्न गर्दा भएको पानी अहिले घटेर निकै कम भएको उनले सुनाए । गाउँका कुवा, पँधेरा र खोलामा पनि पहिलेको जस्तो पानी छैन । अर्को जलवायु परिवर्तनका कारण पनि जमिन सुक्खा भएको हो । केही गाउँमा सुविधा भए पनि यहाँ ९० प्रतिशत भूगोलमा पानी छैन ।

धारामा पानी खस्न छाडेपछि स्थानीय कुवा खोज्दै जंगल धाउन थालेका छन । अब खोला, कुवा र जमिनभित्र भएको पानीलाई उच्च प्रविधि (लिफ्ट योजना) सञ्चालन गरेर वितरण गर्न सुरु गरिएको खानेपानी कार्यालयका प्रमुख ज्ञवालीले बताउनु भयो । ०३२ सालमा मढेलचौर मुहानबाट केरुंगा, बल्कोट र चिदिका गाउँमा पानी ल्याइएको थियो । मुहानमाथि बाटो खनिनु र संरक्षण नहुँदा अहिले मुहान सुक्यो र धारामा पानी आउन छाडेको छ ।

धारामा पानी खस्दा मन फुरुंग थियो, तरकारी खेती र पशुपालनमा वृद्धि भएको थियो, जब मुहान सुके फेरि दुःखका दिन आएको बल्कोटका पूर्वजनप्रतिनिधि ध्रुव पन्थीले बताउनु भयो । सामुदायिक वनमा सल्ला मात्रै रोपिएको छ । त्यसले जमिन सुक्खा बनाएको छ । सरकारले वनमा जमिन सुक्खा नपार्ने जातका बिरुवा रोप्ने, खानेपानीका मुहान संरक्षण गर्ने नीति ल्याउनुपर्ने सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष रामचन्द्र पोखरेलले बताउनु भयो ।

गाउँमा यातायातको सुविधाका लागि मोटरबाटो चाहिन्छ । तर, पानीका मुहानलाई असर नपर्ने गरी बाटो खनिनुपर्ने उहाको सुझाव छ । मालारानी गाउँपालिका–९ की पुतला नेपालीको गाउँमा मुहानबाट सीधै पानी ल्याउने योजना छैन । अग्लो बस्ती छ । कुवामा धाएर गाग्रीमा पानी बोक्दा ढाड, घुँडा, छाती, टाउको दुख्ने समस्या बढेको उनले बताइन । संघीय सांसद टोपबहादुर रायमाझीले अर्घाखाँची सुक्खाग्रस्त भएकाले लिफ्टबाट योजना संचालन गर्न थप दातृ निकायसँग बजेट माग गर्ने बताउनु भएको छ । कृषि, पशुपालन र उत्पादनबाट आत्मनिर्भर जिल्ला बनाउन खानेपानी र सिँचाइ योजना आवश्यक रहेको उहाले बताउनु भयो । भूमिकास्थान नगरपालिका, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाको कुल ८४ लाख ७१ हजार ४ सय ३८ रुपैयाँ सहयोगमा भुतकादुला फलाम खिल्ली सोलार लिफ्ट खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाका जिल्ला संयोजक कुशल भुसालले बताए । फलाम खिल्लीका १ सय १२ घर र १ विद्यालय गरी १ सय १४ वटा धारा निर्माण भएका हुन्। खानेपानीबाट झण्डै ८ सय स्थानीय लाभान्वित भएका छन ।

अर्घाखाँचीमा खानेपानीमा मात्रै २० करोड

संघीय र प्रदेश सरकारले यहाँ लिफ्ट प्रविधिका मात्रै ७९ योजना सन्चालनमा ल्याएको छ । खोलाको पानी डाँडामा तान्न यो प्रविधि प्रयोगमा ल्याएको हो । त्यसका लागि संघ सरकारका ३ करोड २१ लाख ८० हजार बजेटका ६६ र प्रदेश सरकारका ७ करोड २२ लाख ५० हजार रुपैयाँका १३ योजना संचालनमा छन । सबैको डीपीआर तयार गरिँदैछ ।

स्थानीय तहले पनि बजेट विनियोजन गरेर योजना सञ्चालन गरिरहेका छन । छत्रदेव गाउँपालिकाका ९ वटै वडाका केही गाउँबाहेक अधिकांश बस्तीमा मुहानबाट सीधै पानी आउने ठाउँ छैन । लिफ्ट प्रविधिबाट पानी वितरण गर्ने कार्यक्रम अनुसार पालिकाले यस आर्थिक वर्षमा १ करोड ६८ लाख रुपैयाँ बजेट छुटयाएर लिफ्टबाट पानी तान्ने योजनाको काम गरिरहेको अध्यक्ष लेखनाथ पोखरेलले बताउनु भयो । संघबाट १ करोड र प्रदेश सरकारको डेढ करोड रुपैयाँ बजेट यही गाउँलाई परेको छ ।

जिल्लामा ५० लाखभन्दा तलका कुनै पनि खानेपानीका योजना छैनन । पानीकै कारण पशुपालन, कृषि उत्पादन घटदो छ । बसाइँसराइ पनि रोकिएको छैन । ‘५ वर्षभित्रमा पालिकाका सबै बस्तीमा खानेपानीका धारा आउने नीति अनुसार काम गर्दै छौं,’ अध्यक्ष पोखरेलले भन्नुभयो, ‘त्यसमा प्रदेश र संघीय सरकारबाट पनि राम्रो सहयोग र समर्थन मिलेको छ ।’

पाणिनि गाउँपालिकाले खानेपानीका ३५ योजनामा साढे ४ करोड बजेट विनियोजन गरेको छ । ‘कुनै वडा खानेपानीको समस्या नभएको छैन,’ उपाध्यक्ष लक्ष्मी गौतमले भन्नुभयो, ‘आधा योजना लिफ्टबाट संचालन गर्ने हो ।’ मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले यहाँ लिफ्टबाट पानी तानेर वितरण गर्नुबाहेक कुनै उपाय नभएको बताउनु भयो । पालिकाभर ६ योजनाका लागि २ करोड ९५ लाख रुपैयाँ विनियोजन भएको छ ।

सन्धिखर्क नगरपालिकामा पनि उस्तै समस्या छ । बजारमा नौलापानीबाट खानेपानी योजना ल्याउन नगरको ५० लाख र प्रदेशबाट ५० लाख रुपैयाँ छुट्याइएको छ। सन्धिखर्क–२, ३, ४, ५, १० र ११ मा १० लाख रुपैयाँ बजेट विनियोजन गरेर योजनाको काम सुरुआत गरिएको नगर उपप्रमुख ठाकुर विकले बताउनु भयो ।

शीतगंगा नगरपालिकामा फनबोर्डका ४, पश्चिम नेपाल ग्रामीण खानेपानी संस्थाका २ योजना सञ्चालित छन । नगरबाट ६० लाख रुपैयाँ बजेट छुट्याइएको छ । ‘चालु आवमा ६० प्रतिशत खानेपानीको समस्या हल हुन्छ,’ नगरप्रमुख सूर्यप्रसाद अधिकारीले भन्नुभयो, ‘हाम्रो कार्यकालमा कुनै गाउँमा खानेपानी अभाव नहुने गरी काम गर्दैछौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु