2026-10-15 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेत बुलबुल ताल…

प्रकाश अधिकारी । फागुन १७, सुर्खेत । ‘सुर्खेत बुलबुल ताल मै सानी हुनाले छुट्यो माया जाल’ लोक गीतले बुलबुले ताललाई मात्र नभई सिंगो सुर्खेत जिल्लालाई नै चिनाउन सफल भएको छ । 

लोक सङ्कलक पे्रमदेव गिरीको शब्द र कमला श्रेष्ठको स्वरमा ३० को दशकमा रेडियो नेपालमा रेर्कड भएका यो गीतले बुलबुले तालसँगै सुर्खेत जिल्लालाई नै चर्चित बनायो । अहिलेजस्तो यातायात र घुम्ने संस्कारको विकास नभइसकेको त्यो समयमा रेडियो नेपालबाटै सुर्खेत जिल्ला र बुलबुले तालबारे धेरैले थाहा पाए । 

रेडियो नेपालबाट बारम्बार गुन्जिरहने हुँदा अधिकांशको जनजिब्रोमा बस्न सफल भयो–सुर्खेत अनि, बुलबुले ताल । गीतकै प्रभाव हुनुपर्छ, आगन्तुक बुलबुले ताल नहेरी फर्कंदैनन् । तालमा बोटिङ गर्ने, बगैँचामा अवलोकन गर्ने र फोटो÷सेल्फी खिचेर भ्रमणलाई यादगार बनाउने जोकोही लालायित हुन्छन् । 

बुलबुले उद्यानका व्यवस्थापक सन्तोष केसीका अनुसार पछिल्ला केही वर्ष यता दैनिकजसो अवलोकन भ्रमणमा आउनेले बुलबुले खचाखच हुने गरेको छ । “काम विशेषले कर्णाली प्रदेश आउनेदेखि रारालाई मुख्य गन्तव्य बनाउनेले समेत यसलाई छुटाएको पाइँदैन्”, उहाँले भन्नुभयो, “बुलबुले ताल सानो भए पनि यहाँको उद्यानले पर्यटकलाई लोभ्याउने गरेको छ ।” अचेल यहाँ सुर्खेतका मात्र होइन बाह्य जिल्लाका पर्यटकको बाक्लो भीड लाग्ने गर्दछ । 

गीत–सङ्गीतका माध्यमले बुलबुलेको प्रवद्र्धन हुन थालेको ४५ वर्ष बिते पनि यसको भौतिक विकासले भने बल्ल गति लिँदैछ । सुर्खेत उपत्यका नगर विकास समितिले पहिलोपटक बृहत् बुलेबुले क्षेत्र विकास गुरुयोजना निर्माण गरेको छ । गुरुयोजना निर्माणले भौतिक संरचना विकासको बाटो खुलेको छ । 

त्यसो त, गुरुयोजना बन्नुपूर्व गत वर्षदेखि ताल, पार्क (उद्यान) व्यवस्थापनको शुरुआत गरिएको थियो । समितिले पाँच लाख खर्चेर गुरुयोजना निर्माण गरेको हो । ३० बिघा क्षेत्रफलमा फैलिएको बुलबुले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा पर्दछ । नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले गुरुयोजनाअनुसार अझ यसलाई रमणीय बनाउन आवश्यक बजेटको व्यवस्थापनमा जुटिरहेको बताउनुभयो । 

“बुलबुलेलाई केवल ताल र पार्कमै सीमित राख्दैनौँ, यो प्रदेशकै महत्वपूर्ण सम्पदा हो” अध्यक्ष कोइरालाले भन्नुभयो, “थप संरचना बनाउन प्रदेश सरकारसँग बजेट मागेका छौँ ।” गुरुयोजनाको मर्मअनुसार नै वीरेन्द्रनगरका प्रमुख पर्यटकीय गन्तव्य बुलबुले र काँक्रेविहारलाई हालै सडक सञ्जालमा जोड्ने कार्य सम्पन्न भएको छ । बुद्धको ठूलो प्रतिमा स्थापना गरिएको छ । ताल परिसरकै उद्यानमा तत्कालीन राजा वीरेन्द्रले एक महीना यहीँ बिताउनुभएको थियो । जसले गर्दा बुलबुलेको गरिमा उँचो हुन पुगेको स्थानीयवासीको भनाइ छ । 

गुरुयोजनाअनुसारकै संरचना निर्माण गर्न करीब रु ३१ करोड बजेट खर्च हुनेछ । स्विमिङ पुल, स्नान घर, बोटिङ, ताल वारपार गर्न पुल, पिकनिकस्थल, बाल उद्यान, बुलबुले प्लाजा, टिकट घर, मन्दिर, पार्किङ, पर्यटन सूचना केन्द्र र कार्यालय भवनजस्ता संरचना निर्माण गर्ने नगर विकास समितिको योजना छ । त्यस्तै, ताल क्षेत्रलाई पनि विस्तार गरिनेछ । यसअघि जथाभावी प्रयोगमा आउने गरेका पिकनिकस्थललाई व्यवस्थित बनाइएको छ । पिकनिकका लागि आवश्यक सामग्री त्यहीँ किन्न सकिने व्यवस्था मिलाउन लागिएको अध्यक्ष कोइरालाले बताउनुभयो ।

बुलबुलेमा हाल खुल्ला स्थानमै नुहाउने गरिन्छ । अब महिला–पुरुषका लागि बेग्लाबेग्लै स्नान घर बनाउने योजना अघि सारिएको छ । जिल्ला समन्वय समितिका उपसंयोजक देवी भट्टराई बुलबुलेलाई अझै सुन्दर एवं व्यवस्थित गराउन ढिलाइ गर्न नहुने बताउनुहन्छ । “प्रदेश राजधानीको मुटुमै रहेको यो आर्कषक गन्तव्य हो, यसका लागि कुनै पनि निकायले बजेट छुट्याउन आनाकानी गर्नुहुँदैन”, उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन