२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

माझी वस्तीमा सामुदायिक स्वास्थ्य इकाई स्थापनापछि बिरामीलाई सहज

१७ फाल्गुन २०७५, शुक्रबार ०८:३६

चिसाङ शेर्पा | फागुन १७, खोटाङ | खोटाङको बतासेस्थित भण्डारेघाटमा सामुदायिक स्वास्थ्य इकाईको सुरुवात भएको छ । गाउँघरमै सामान्य स्वास्थ्य उपचार दिलाउन दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाट माझी वस्तीमा स्वास्थ्य इकाईको सुरुवात भएको हो । स्वास्थ्य इकाई स्थापनासँगै चार घण्टाबढी पैदल हिडेर स्वास्थ्य चौकी धाउनुपर्ने माझी समुदाय लगायतको बाध्यता हटेको छ ।


नेपालको हकमा अल्पसंख्यक तर, बहुसंख्यक रुपमा माझी समुदाय रहेको सो स्थानमा गाउँपालिकाको आर्थिक सहयोगमा विभिन्न औषधी तथा उपकरण खरीदपछि साविकको गाउँघर क्लिनिक राखिएको घरमा निःशुल्क दुइवटा कोठामा स्वास्थ्य इकाईको स्थापना गरिएको हो । भण्डारेघाटका माझी समुदायसहित खोटेहाङ गाउँपालिकाको लिच्किराम्चे, हलेसी तुवाचुङ नगरपालिकाको राजापानी रेग्मीटार र उदयपुरगरी एक हजारबढी घरधुरीले लाभ उठाउने सामुदायिक इकाईको शुक्रबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्घाटन गरेका छन् । उद्घाटन लगत्तै वडाध्यक्ष लोकेन्द्र राई र स्थानीय बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षणसहित औषधी वितरण तथा सल्लाह सुझाव दिइएकोे छ । 

स्वास्थ्य इकाईका लागि गाउँपालिकाले परिवार नियोजनका साधनहरु सहित ३७ प्रकारका औषधी, बिपि सेट एक थान, आला एक थान, फोरसेफ, सिजर, थर्ममिटर एक थान, प्रोसेफ एक थान र स्केल एकथान उपलब्ध गराएको थियो । सामुदायिक स्वास्थ्य इकाईबाट गर्भवती महिलाको जाँच, आइरन चक्की वितरण, रुघाखोकी, घाउँ, चोटपटक, प्रेसर जाँच, झाडापखला लगायतका सामान्य समस्याको उपचार हुने गाउँपालिका स्वास्थ्य संयोजक मुस्ताक अहमदले बताए ।

यसअघि, बतासेमै स्वास्थ्य चौकी भए पनि भण्डारेघाटका स्थानीयले चार घण्टाबढी हिडेर जानुपर्ने थियो । त्यही समस्यालाई ध्यानमा राखेर स्थापना गरिएको स्वास्थ्य इकाईमा उनीहरुले सरलरुपमा सुविधा लिन पाउने संयोजक अहमदले बताए । विगत लामो समयदेखी स्वास्थ्यमा समस्या आउँदा महंगो खर्चमा गाडी चढेर दिक्तेल र सुनकोशी तरेर उदयपुरको गाइघाट धाउँदै आएका माझी समुदायसहित अन्य घर आँगनमै स्वास्थ्य इकाई सुरु भएपछि हर्षित बनेका छन् । सो भेगमा नेपालको हकमा अल्पसंख्यक तर, बहुसंख्यक रुपमा माझी समुदायको बसोबास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य