२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुको ग्रामीण भेगका महिलाहरुमा पाठ्यघर खस्ने समस्या डरलाग्दो अवस्थामा (तश्वीरहरु)

१७ फाल्गुन २०७५, शुक्रबार ११:३१

दानबहादुर बुढा | फागुन १७, मुगु | बिकट हिमालि जिल्ला भनेर चिनिने मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा रहेकि ग्रामीण महिलाहरुमा पाठ्यघर खस्ने समस्या डर लाग्दो देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा र मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेण्डेक मुगुले आयोजना गरेको तीन दिने स्वास्थ्य शिविरमा त्यस्तो देखिएको हो । यसै हप्ता सञ्चालन भएको स्वास्थ्य शिविरमा स्वास्थ्य उपचार गराउन आएका कुल १ हजार ५ सय ४९ जना सेवाग्राही मध्य सात सय तिस जना महिलाको स्वास्थ्य परिक्षण गर्दा सबै महिलामा पाठ्यघर खस्ने समस्या देखिएको उपचारमा संलग्न स्त्री रोग विशेषज्ञ डाक्टर सुनिता भण्डारीले जानकारी दिईन । 

पाठे्यघर खस्ने समस्या भए पनि कतिपय ग्रामीण महिलाहरु खुलेर बोल्न नसक्ने र रोग लुकाएर बस्ने गरेको पाईएको छ । पाठेयघर खस्ने समस्या रहेका सात सय तिस जना मध्य ३३ जना महिलाको पाठेघरमा रिङ प्रेसरी राखिएको र गम्भीर समस्या भएका तिन जनालाई सुविधा सम्पन्न अस्पतालमा जान प्रेसण गरिएको स्वास्थ्य शिविरका आयोजक हेरेण्डेकका कार्यक्रम प्रमुख नमराज रावतले जानकारी दिए ।

 

 स्थानिय सरकार मानिएको सोरु गाउँ पालिकाले स्वास्थ्य क्षेत्रमा अन्य काम गदै खाएपनि बिशेष गरी ग्रामीण बस्थीमा आफ्नो रोग लुकाई राखेकी महिलाईको हकहितको लागी कुनै पनि कार्यक्रम नल्याएको र कुनै पनि निति नबर्नएको पाईएको छ ।

पाठेघर खस्ने समस्या भएका महिला पहिला त घर परिवार र श्रीमानबाट नै अपहेलित हुने गरेका र सम्पुर्ण कामको बोझ पनि उनिहरुलाई नै रहेकाले पिडित हुन पुगेका महिलाको स्वास्थ्यका लागि गाउँपालिकाले चेतना मुलक कार्यक्रम संगै स्वास्थ्य उपचारका लागि छुट्टै निती गरि कार्यान्वयन गर्ने भनिएतापनि बिशेस गरि महिलाको स्थस्थ्य क्षेत्र भन्दा पनि आए आजन लगाएत अन्य योजना प्रथामिकतामा रहेका सोरु गाउँपालिकाकी उपाध्याक्ष राज्यलक्ष्मी मल्लको दावी छ                ।


ठूलो रकम खर्च गरेर नेपालगंन्ज काठमाडौ जानु भन्दा घर आगनमानै उपचार पाउदा स्थानिय महिलाहरु पाठेघर लगाएत अन्य रोगको उपचार गर्न आएका स्थानिय बासीहरु निकै खुसी भएका छन । 

सानै उमेर विवाह गर्ने, छिटो छिटो र धेरै बच्चा जनमाउने गर्भवती भएको तथा सुत्केरी भएको बेलामा समेत अत्याधिक बोझिलो काम गर्ने भएकाले महिलामा पाठेघर खस्ने समस्या विकराल बन्दै गएको स्वास्थ्यकर्मिहरुले बताएका छन ।  तिन दिने स्वास्थ्य शिविरमा उपचार गराउन आएका अधिकाँश बालबालिकामा कानको जाली फुटेर कान कम सुन्ने समस्या देखिएको नाक, कान घाँटी विशेषज्ञ डाक्टर दिपेश शाक्यले जानकारी दिए । डाक्टर शाक्यका अनुसार स्वास्थ्य परिक्षण गरिएका ४ सय ५५ बालबालिका मध्य २ सय ५० बालबालिकामा कानको जाली प्वाल परेर कम सुन्ने समस्या देखिएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य