Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

झापामा ढिस्को भत्किँदा पुरिएर एक किशोरको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन १८, सुरुङ्गा | झापाको बाह्रदशी गाउँपालिका–५ मा आज ढिस्को भत्किँदा एक किशोरको पुरिएर मृत्यु भएको छ ।&nbsp;<br></p><p>मृत्यु हुनेमा १५ वर्षीय मनिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार घर नजिकैको मकै बारीमा खेल्ने क्रममा जेसिवीले माटो काटेर बनाएको ढिस्को भत्कँदा उनी पुरिएका थिए । ढिस्कोले पुरिएलगत्तै उद्धार गरी उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।&nbsp;</p>