२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सरकारी साधनको दुरुपयोग गर्नेमाथि अनुसन्धान सुरु

१८ फाल्गुन २०७५, शनिबार १६:०६

चिसाङ शेर्पा | फागुन १८, खोटाङ | सार्वजनिक विदामा सरकारी सवारी साधनको दुरुपयोग गर्नेमाथि अनुसन्धान थालिएको छ । बिहीबार सरकारले सार्वजनिक विदा दिएको दिन खोटाङका आधा दर्जन सरकारी कर्मचारीहरुले सरकारी साधनको दुरुपयोग गर्दै दिक्तेल नजिक मुढेमा हिउँ खेल्नलाई गाडी तथा मोटरबाईक लगेका थिए ।

हिउँ खेल्नलाई दिक्तेलबाट बा २ झ १३४८, बा १ झ ५२७१ नम्बरको गाडी र बा २ ब ९२४, को १ ब ९४४, बा २ ब १९९४ र को १ ब ९९७ नम्बरको मोटरबाईक कर्मचारी तथा सम्बन्धितले मुढेमा लगेको पाइएको थियो । सरकारी सवारी साधन दुरुपयोग गर्नेहरुमाथि अनुसन्धान थाल्न शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी विवेक विडारीलाई जिम्मेवारी दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताउनुभयो ।

अनुसन्धानका क्रममा एकवटा मोटरबाईक जिल्ला प्रशासन कार्यालयको रहेको र, त्यो कसले चलाएको, किन चलाएको, के प्रयोजनमा चलाएको भनेर त्यसको स्पष्टीकरण मागिएको प्रजिअ पौडेलले बताउनुभयो । एकवटा गाडी जिल्ला मालपोत कार्यालय र एकवटा मोटरबाईक निर्वाचन आयोगको भएको खुलेको छ । अन्य गाडी र मोटरबाईक कुन कार्यालयको भन्ने खुलेको छैन ।

पहिला पास लिएका गाडीको रेर्कड प्रशासनमा नहुने भएकाले अनुसन्धान गर्न केही समय लाग्ने र त्यसको फ्लोअप गरिरहेको उहाँको भनाई छ । यति धेरै मात्रामा सवारी साधन दुरुपायोग हुंदा किन निरिक्षण भएन भनेर ट्राफिक प्रहरीलाई समेत सोधिएको प्रजिअको भनाई छ । यद्यपी, बिहीबार हिउँ खेल्न खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी विवेक विडारी, ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी नायब निरिक्षक नरेन्द्र पौडेल मुढेमा गएका थिए । 

विदाको दिनमा सरकारी सवारी साधन चलाउन नपाईने र चलाउनु परेको खण्डमा प्रमुख जिल्ला अधिकारीको अनुमती लिनुपर्ने सरकारको नियम छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको शोक मनाउन बिहीबार सरकारले सार्वजनिक बिदा दिएको थियो ।


तस्विरमा: दुरुपयोग भएका सरकारी साधनहरु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य