Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सरकारी साधनको दुरुपयोग गर्नेमाथि अनुसन्धान सुरु

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चिसाङ शेर्पा | फागुन १८, खोटाङ | सार्वजनिक विदामा सरकारी सवारी साधनको दुरुपयोग गर्नेमाथि अनुसन्धान थालिएको छ । बिहीबार सरकारले सार्वजनिक विदा दिएको दिन खोटाङका आधा दर्जन सरकारी कर्मचारीहरुले सरकारी साधनको दुरुपयोग गर्दै दिक्तेल नजिक मुढेमा हिउँ खेल्नलाई गाडी तथा मोटरबाईक लगेका थिए ।

हिउँ खेल्नलाई दिक्तेलबाट बा २ झ १३४८, बा १ झ ५२७१ नम्बरको गाडी र बा २ ब ९२४, को १ ब ९४४, बा २ ब १९९४ र को १ ब ९९७ नम्बरको मोटरबाईक कर्मचारी तथा सम्बन्धितले मुढेमा लगेको पाइएको थियो । सरकारी सवारी साधन दुरुपयोग गर्नेहरुमाथि अनुसन्धान थाल्न शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी विवेक विडारीलाई जिम्मेवारी दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताउनुभयो ।

अनुसन्धानका क्रममा एकवटा मोटरबाईक जिल्ला प्रशासन कार्यालयको रहेको र, त्यो कसले चलाएको, किन चलाएको, के प्रयोजनमा चलाएको भनेर त्यसको स्पष्टीकरण मागिएको प्रजिअ पौडेलले बताउनुभयो । एकवटा गाडी जिल्ला मालपोत कार्यालय र एकवटा मोटरबाईक निर्वाचन आयोगको भएको खुलेको छ । अन्य गाडी र मोटरबाईक कुन कार्यालयको भन्ने खुलेको छैन ।

पहिला पास लिएका गाडीको रेर्कड प्रशासनमा नहुने भएकाले अनुसन्धान गर्न केही समय लाग्ने र त्यसको फ्लोअप गरिरहेको उहाँको भनाई छ । यति धेरै मात्रामा सवारी साधन दुरुपायोग हुंदा किन निरिक्षण भएन भनेर ट्राफिक प्रहरीलाई समेत सोधिएको प्रजिअको भनाई छ । यद्यपी, बिहीबार हिउँ खेल्न खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी विवेक विडारी, ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी नायब निरिक्षक नरेन्द्र पौडेल मुढेमा गएका थिए ।

विदाको दिनमा सरकारी सवारी साधन चलाउन नपाईने र चलाउनु परेको खण्डमा प्रमुख जिल्ला अधिकारीको अनुमती लिनुपर्ने सरकारको नियम छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको शोक मनाउन बिहीबार सरकारले सार्वजनिक बिदा दिएको थियो ।

तस्विरमा: दुरुपयोग भएका सरकारी साधनहरु