2026-09-13 12:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ५ का मुख्यमन्त्री र जर्मनीका राजदूत बीच भेटवार्ता

फागुन १९, बुटवल (रासस) | प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग जर्मनीका राजदूत रोल्याण्ड स्याफरसहितको एक टोलीले आज मुख्यमन्त्री कार्यालयमा भेट गरेको छ । भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ । 

भेटमा मुख्यमन्त्री पोखरेलले सङ्घीयता कार्यान्वयनको पहिलो वर्षमा रहेको प्रदेश सरकारले अहिले कानून निर्माण र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको तथा सङ्घीय संरचनाअनुसार साङ्गठनिक संरचना तयार भएको जानकारी दिनुभयो । 

उहाँले सङ्घीयता कार्यान्वयनका लागि विश्वका अनुभव अध्ययन गर्ने क्रममा जर्मनीको अनुभव पनि अध्ययन गरेको र नेपालको सङ्घीयता मौलिक चरित्रको भएको बताउनुभयो । उहाँले प्रदेशको समृद्धिबाट मुलुकको विकासलाई अघि बढाउन खोजेको तथा नेपालको विकास प्रयासमा यो प्रदेशलाई नमूना बनाउन खोजेको जानकारी दिनुभयो । 

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग जर्मनीका राजदुत रोल्याण्ड स्याफरसहितको प्रतिनिधिमण्डलले आइतबार मुख्यमन्त्री कार्यालयमा भेटवार्तापछि सामूहिक तस्वीर लिँदै । तस्वीरः भरत के.सी., रासस, बुटवल

मुख्यमन्त्री पोखरेलले नेपालको विकास प्रयासमा जर्मनीको निरन्तर सहयोग रहेकोप्रति प्रशंसा गर्दै प्रदेशको विकास प्रयासमा जर्मनीको सहयोगको अपेक्षा गरेको बताउनुभयो । 

भेटमा राजदूत स्याफरले जर्मनीको सहयोग र लगानी प्रदेशको प्राथमिकताका आधारमा गर्न चाहेको बताउनुभयो । उहाँले लगानीका लागि प्राथमिकताका क्षेत्र, अनुकूल कानूनी वातावरण, तालीमप्राप्त जनशक्ति लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो । 

भेटमा उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनमा जर्मनीको इच्छा रहेको जानकारी दिनुभयो । भेटमा जर्मन संसद्का सदस्य टोविया पिफुगर, बेटिना स्टर्क, गबिइले कट्मार्क, संसद्का प्रमुख मोनिका हेइनलगायत सहभागी रहनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीले जानकारी दिनुभयो । 

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग जर्मनीका राजदुत रोल्याण्ड स्याफरसहितको प्रतिनिधिमण्डलले आइतबार मुख्यमन्त्री कार्यालयमा भेटवार्ता गर्नुहुँदै । तस्वीरः भरत के.सी., रासस, बुटवल

भेटमा टोलीले केही दिनअघि हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएकामा स्तब्ध भएको भन्दै सहानुभूति व्यक्त गरेको छ । 

यस्तै उक्त प्रतिनिधिमण्डलले आजै प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीसँग भेट गरेको छ । प्रतिनिधिमण्डलबीच प्रदेशसभा सचिवालय बुटवलमा भेट भएको सभामुखका प्रेस सल्लाहाकार गणेश वलीले जानकारी दिनुभयो । 

सो अवसरमा उपसभामुख कृष्णी थारू र प्रदेशसभा प्रदेश ५ का सचिव दुर्लभकुमार पुन लगायतको उपस्थितिमा भएको भेटमा प्रदेशसभा सञ्चालन र सङ्घीयता कार्यान्वयन लगायतको विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले