Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बाह्र ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २०, बनियानी । झापामा दुई दिनमा १२ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् ।

झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति दुई जना पक्राउ परेलगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप एक जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले अर्जुनधारा–९ स्थित गोलधाममा पूर्वबाट पश्चिम आउँदै गरेको मे ८ प ९४२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–८ का घनश्याम साहको साथबाट छ ग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सोही मोटरसाइकलमा सवार अर्जुनधारा–८ का २१ वर्षीय प्रकाश राजवंशीको साथबाट लागुऔषध लुपिजेसिक २० थान, फेनारगन २० थान र डाइजेपाम २० एम्पुल फेला परेको उहाँले बताउनुभयो । लागुऔषधसहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यता, मेचीनगर नगरपालिका–६ भन्सार गेटबाट खैरो हिरोइनसहित आइतबार दिउँसो शिवसताक्षी नगरपालिका–३ का २६ वर्षीय विकास कार्कीलाई ६ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ । लागुऔषधसहित पक्राउ परेका कार्कीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस