२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ह्वील चियर तथा शैक्षिक सामाग्री वितरण

२०७२, ३ चैत्र बुधबार १०:५८

सञ्जय रेग्मी
सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी साप्ताहीक कार्यक्रमहरु संचालन गरीरहेको रोट्रयाक्ट क्लब अफ पर्वतले आज पांचौ दिन पर्वतकै मुडिकुवा गाविसमा बिभिन्न सामग्रीहरु प्रदान गरेको छ । क्लबले आज मुडिकुवा ८ मा रहेको शारदा निम्न माध्यमिक विद्यालयमा ८ वटा ह्वाइट बोर्ड प्रदान गरेको छ । त्यस्तै, वडा नं। ८ मै रहेको मिलन आय आर्जन विकास समूहलाई १ वटा स्ट्रेचर र मुडिकुवा ८ कै अपांग महिला डिलकुमारी सापकोटालाई ह्वील चियर पनि बितरण गरेको छ । कार्यक्रममा मुडिकुवाका जेष्ठ नागरिक ९७ बर्षिय टीकादत्त सापकोटा, उहांकी धर्मपत्नी रुक्मीणी सापकोटा, प्याब्सन पर्वतका अध्यक्ष हिमबहादुर पौडेल क्षेत्रीलाई सम्मान पनि गरिएको थियो । रोट्रयाक्ट क्लब पर्वतका अध्यक्ष सन्तोष पौडेलको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डक्टर भवानी प्रसाद शर्माले क्लबले गरेका कार्यक्रममा स्वास्थ्य कार्यालयले पनि सहकार्य गर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला अस्पताल पर्वतको अस्पताल विकास समितिका अध्यक्ष शिव शर्मा, रोटरी क्लब अफ पर्वतका अध्यक्ष गणेश बहादुर क्षेत्री, शारदा नि।मा।वि। का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मला कुमारी शर्मा, रोट्रयाक्ट पर्वतका संस्थापक सदस्य मोहन आचार्य लगायतले आप्mनो बिचार राख्नुभएको थियो । क्लबको पाँचौ दिनको कार्यक्रमका संयोजक गोकुल चापागाईंले स्वागत तथा कार्यक्रमका बारेमा साप्ताहिक कार्यक्रमका संयोजक कृष्णप्रसाद सापकोटाले प्रकाश पार्नुभएको कार्यक्रमको संचालन क्लबका सचिब आर।सी।पौडेलले गर्नुभएको थियो । कार्यक्रममा सहभागी हुन गएका रोटरी र रोट्रयाक्ट क्बलका पदाधिकारीहरुले विद्यालयमा हालसालै संचालन गरिएको टेलीमेडिसिन सेवाको पनि अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर