२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

नेपालीको हितमा काम गर्नु आफ्नो पहिलो दायित्वः राजदूत ढकाल

२० फाल्गुन २०७५, सोमबार ०८:४५

फागुन २०, बनेपा | संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा दुःख र समस्यामा परेका नेपालीको हितमा काम गर्नु आफ्नो पहिलो दायित्व भएको बताउनुभएको छ । 


राजदूतमा नियुक्त भएपछि काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिकाले आज बनेपामा आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “सबै काममा आत्मीयता र हार्दिकताका साथ काम गर्नु नै सबैभन्दा ठूलो गुण हो, त्यसैले समस्यामा परेका नेपालीलाई आत्मीयताका साथ सेवा गर्ने मेरो पहिलो कर्तव्य हुनेछ ।” 

राजदूत ढकालले युएई नेपालको तेस्रो ठूलो व्यापार साझेदार मुलुक भएकाले त्योसँग आर्थिक कूटनीतिका लागि ठूलो सम्भावना भएको उल्लेख गर्दै त्यसका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो । 

“हामीले युएईतर्फ तरकारी, फलफूल, पानी र हर्टिकल्चर लगायतका कृषिजन्य बस्तु निर्यात गर्न सक्छौं,” उहाँले भन्नुभयो, “त्यसका लागि सम्बन्धित निकायसँग समन्वय गरेर निर्यात प्रवद्र्धनमा जोड दिन आफ्नो प्रयास रहन्छ ।” 

राजदूत ढकालले नेपालमा लगानी भित्रियाउन त्यहाँका उद्योगी व्यवसायीसँग समन्वय र सहकार्य गर्ने उल्लेख गर्दै नेपालको पर्यटन प्रवद्र्धनका लागि पनि आफूले पहल गर्ने धारणा व्यक्त गर्नुभयो । 

मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवाले नगरका बासिन्दा हुनुभएको नाताले राजदूत हुनुभएकोमा गौरवको विषय भएको उल्लेख गर्दै उहाँका कार्यकालको पूर्ण सफलताको कामना गर्नुभयो । 

काभ्रेपलाञ्चोक जिल्लाबाट राजदूत हुनेमा ढकाल दोस्रो व्यक्तित्व हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य