2026-09-08 03:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

इशानेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो

फागुन २०, दमौली | लमजुङको मध्यनेपाल नगरपालिका–७ स्थित इशानेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । महाशिवरात्रि पर्वका अवसरमा मन्दिरमा आज दर्शनार्थीको ठूलो घुइँचो लागेको मन्दिर क्षेत्र विकास समितिले जनाएको छ । प्रत्येक वर्ष महाशिवरात्रि पर्वका अवसरमा यस मन्दिरमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेको समितिका अध्यक्ष रामचन्द्र शास्त्रीले जानकारी दिनुभयो । 

आज श्रवण नक्षत्रको स्वामी चन्द्रमा परेकाले यस पटकको शिवरात्रि पुण्यदायक मानिएको छ । इशानेश्वर महादेवलाई सन्तानेश्वर महादेवका रूपमा पनि पुज्ने प्रचलन रहेकाले मन्दिरमा दर्शनार्थी आउने गरेको शास्त्रीले बताउनुभयो । उहाँका अनुसार इशानेश्वर महादेवको दर्शन गरी पूजाअर्चना गरेमा सन्तान नहुनेलाई सन्तान प्राप्त हुने विश्वास रहिआएको छ । 

अघिल्लो वर्षको तुलनामा यस वर्ष भक्तजनको सङ्ख्या धेरै रहेको समितिले जनाएको छ । मन्दिरमा बिहान चार बजेदेखि नै शिवको पूजा आराधना गर्ने र दर्शन गर्नेको घुइँचो लागेको छ । मन्दिरमा छिमेकी जिल्ला तनहुँ, कास्की, गोरखा, धादिङ, चितवनलगायत जिल्लाबाट भक्तजन आएका छन् । 

महाशिवरात्रिको अवसर पारी लामो समयअघि देखि सन्तान नभएका दम्पतीले मन्दिर परिसरमा रातभरि जाग्राम रही ठाडो बत्ती बाल्ने तयारी गरिएको छ । रातभरि जाग्राम भएर ठाडो बत्ती बालेमा सन्तान लाभ हुने धार्मिक विश्वासले बत्ती बाल्नका लागि काठमाडौँ, कास्की, चितवन, तनहुँ, गोरखा, पर्वत, स्याङजा, नवलपरासीदेखिका भक्तजन यहाँ आइपुगेका छन् । करीब ६०० वर्ष अघि मन्दिरको निर्माण भएको स्थानीय बासिन्दा बताउँछन् । विसं १४१४ मा तत्कालीन लमजुङका राजा वीरनारायण शाहद्वारा मन्दिर निर्माण गरी त्यसबेलादेखि आजसम्म श्रद्धालु भक्तजनद्वारा पूजाअर्चना हुँदै आएको समितिका अध्यक्ष शास्त्रीले बताउनुभयो । 

प्राचीनकालमा हरिनारायण पोखरेलद्वारा बीउ राख्न गोरु जोत्दा शिवलिङ्ग जोतिन गई रगत बग्न थालेको र हल गोरुसहित हलीको मृत्यु भई सो ठाउँमा शिवलिङ्ग उत्पत्ति भएको किंवदन्ती रहेको छ । किंवदन्तीअनुसार गोरखाका राजा कृष्ण शाहका सन्तान नभएपछि महाशिवरात्रिका दिन मन्दिरमा आई रातभर ठाडो बत्ती बाली सन्तान प्राप्त गरेकाले छोराको नाम रुद्र शाह राखेका थिए । 

“त्यसबेलादेखि नै इशानेश्वर महादेव मन्दिरमा सन्तानको चाहना राख्नेले ठाडो बत्ती बाल्ने गर्दछन्,” अध्यक्ष शास्त्रीले भन्नुभयो, “ठाडो बत्ती बाल्नेको सङ्ख्या प्रत्येक वर्ष बढिरहेको छ ।” महाशिवरात्रि पर्वका अवसरमा मन्दिरमा पशुपतिनाथपछि धेरै दर्शनार्थी यस मन्दिरमा आउने गरेको घिमिरेको दाबी छ । मन्दिरमा झ्याल, ढोका र टँुडालमा कुँदिएका मूर्ति, चित्र र जडान गरिएका इँटा र ढुङ्गाको अध्ययन एवं विश्लेषणले मन्दिरको प्राचीनतालाई झल्काएको छ । 

करीब ५० फिट अग्लो र २० फिट चौडा भएको मन्दिरको मध्यभागमा इशानेश्वरको प्राकृतिक शिवलिङ्ग रहेको छ भने वरिपरि शिवपञ्चायनको मूर्तिहरु छन् । मन्दिरको पूर्व दिशामा सय मिटर पूर्व पार्वताको मन्दिर र पाँच सय मिटरमा गोमतीको किनारमा गणेशको मन्दिर छ । मन्दिरमा वैशाख, साउन र कात्तिक महीनामा टाढाटाढाबाट भक्तजन दर्शनका लागि आउने गरेका छन् । मन्दिरमा प्रत्येक हप्ताको सोमबार शिवजीको विशेष पूजाअर्चना हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ