२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

लागुऔषध कारोवारमा ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै काभ्रेपलाञ्चोक

२०७५, २० फाल्गुन सोमबार १०:०९

राजकुमार पराजुली | फागुन २०, काभ्रेपलाञ्चोक | प्रहरीले गत पुस १६ गते विराटनगरबाट बिपी राजमार्गहुँदै बनेपा आउँदै गरेको गाडीमा ‘नाइट्राभेट–१०’ नामक प्रतिबन्धित लागुऔषधिसहित दुई जनालाई पक्राउ गर्यो । 

तराई क्षेत्रबाट बिपी राजमार्गहुँदै आउने क्रममा काभ्रेपलाञ्चोक प्रहरीले नमोबुद्ध नगरपालिका–७ मङ्गलटारमा गाडी खानतलासी गर्दा सुनसरी गढी गाउँपालिका–३ छिटाहाका २० वर्षीय सरोजकुमार मेहता र भारतको कानपुरस्थित यूपीका २१ वर्षीय मनोजकुमार मेहतालाई ७५० चक्की नाइट्राभेट–१० लागुऔषधसहित पक्राउ गरेर लागुऔषध ऐन–२०३३ अनुसार मुद्दा चलायो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीराज खड्काले भन्नुभयो “प्राप्त सूचना आधारमा खानतलासी ग¥यौँ, अहिलेसम्मकै ठूलो परिमाणमा लागुऔषध बरामद गर्यौ, ओसारपसार गर्ने व्यक्ति पक्राउ गरी ऐन अनुसारको मुद्दा चलाएका छौँ । अहिले उनीहरु थुनामा छन् ।” 

पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी बनेपा र आसपासका शहरमा बिक्री गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । 

गत पुस महीनामा इलाका प्रहरी कार्यालय बनेपाले पनि प्राप्त सूचनाका आधारमा नै नाइट्राभेट–१० नामक लागुऔषधको ८२ पत्तासहित बनेपा नपाकै विभिन्न स्थानबाट सात जनालाई पक्राउ गर्यो । इप्रका बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार पुस १३ गते बनेपा नपा–१३ स्थित साँगाबाट ५० पत्ता (एक हजार पाँच सय १४ चक्की) बोकेका तनहुँ शुक्लागण्डकी नपा–१ का २४ वर्षीय उत्तम कार्की र खोटाङ चिउरीडाँडा नपाका २५ वर्षीय आशिष थापालाई पक्राउ गरियो । 

प्रहरीले कार्की र थापाको बयानकै आधारमा पुस १७ गते राति अरनिको राजमार्गको बनेपा–१३ साँगामा काठमाडौँबाट बनेपातर्फ मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१५ का २३ वर्षीय प्रशिल थापा क्षेत्री र मोरङ सुनबर्सी नपा–६ का ३६ वर्षीय देवकुमार राजवंशीलाई झोलामा लुकाएको अवस्थामा २५ पत्ता लागुऔषधसहित पक्राउ गर्यो । 

सोही रातिनै बनेपा नपा–८ चाँदनीचोकबाट बनेपा नपा–१० जनागालका २३ वर्षीय सविन हुमागाईं, महोत्तरी लक्ष्मिनीया गाउँपालिका–३ का ४० वर्षीय लालबाबु मण्डल र २४ वर्षीय अजय शाहलाई सातपत्ता नाइट्राभेट–१० सहित पक्राउ ग¥यो । प्रहरीले प्राप्त सूचनाकै आधारमा मात्रै जेकजाँच गरी लागुऔषध बरामद तथा ओसापसारकर्ता पक्राउ गरी सार्वजनिक गर्ने गरेको छ । 

घटना विवरणअनुसार पछिल्लो समय लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रेपलाञ्चोक बन्दै गएको देखिन्छ । प्रहरीले पनि नियमित चेकजाँच नगर्दा लागुऔषध कारोबार फस्टाउँदै गएको मानवअधिकारकर्मी भोजराज तिमल्सिना बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तराईसँग छोटो दुरीका रुपमा प्रयोग गरिने बिपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको पाइएको छ, प्रहरीले त्यसबारे योजना नै बनाउनुपर्ने देखिन्छ ।” उहाँका अनुसार बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)बाट लागुऔषध तस्करी भएको घटनाले पनि राजमार्गमा प्रहरीले आफ्ना गतिविधि बढाउनुपर्ने आवश्यकता छ । 

प्रतिबन्धित लागुऔषध विशेषगरी युवा पुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अनुसन्धानबाट विशेषगरी विद्यालय र कलेजका युवाले अवैध लागुऔषध नाइट्राभेट बढी प्रयोग गरिएको पाइएको छ, यस्ता लागुऔषध नशाका लागि सेवन गर्ने गरेको देखिन्छ ।” उहाँका अनुसार यस्ता लागुऔषध भारतबाट तराईहुँदै बनेपा र राजधानी तथा शहरी क्षेत्रमा बिक्री वितरण हुनेगरेको देखिन्छ । 

प्रहरीको अनुसन्धानबाट अवैध लागुऔषध नाइट्रोभेट प्रतिचक्की एक हजारदेखि एक हजार पाँचसय रुपैयाँसम्ममा बिक्री हुने गरेको खुलेको छ । नाइट्राभेट–१० एक पत्तामा १५ चक्की हुन्छ । छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने नाइट्राभेट–१० नेपालमा प्रतिबन्धित औषधि हो । 

जिल्ला प्रहरी कार्यालय धुलिखेलको तथ्याङ्कअनुसार बितेको तीन वर्षको अवधिमा लागुऔषध ओसारपसार सम्बन्धी ३१ वटा मुद्दा दर्ता भएका छन् । उक्त मुद्दामा ६० जना पक्राउ परेका छन् । ‘पक्राउ परेकामध्ये अधिकांशले भरियाको रुपमा काम गरिरहेको बयान दिएका छन्’ प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, “डरलाग्दो अवस्थामा लागुऔषध ओसारपसार हुन थालेपछि नियन्त्रणका लागि अभियान नै थाल्ने योजना बनाउँदैछौँ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण