2026-08-25 12:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सरकारी साधन दुरुपयोग गर्ने यि कार्यालय, के हुन्छ कारवाही ?

चिसाङ शेर्पा | फागुन २१, खोटाङ | खोटाङमा सरकारी सवारी साधनको दुरुपयोग गर्ने चार कार्यालयको पहिचान भएको छ । 

सार्वजनिक विदामा दुरुपयोग भएका सातवटा सरकारी साधनमध्ये चारवटा साधन कुन कार्यालयको भन्ने पहिचान भएको हो । ति कार्यालयका सरकारी कर्मचारीले विदाका दिन सरकारी साधनको दुरुपयोग गर्दै दिक्तेल नजिक मुढेमा हिउँ खेल्न लगेका थिए ।

गत फागुन १६ गते सार्वजनिक विदामा सिंचाई विकास डिभिजन दिक्तेलको बा १ झ ५२७१ नम्बरको गाडी, जिल्ला मालपोत कार्यालयको बा २ झ १३४८ नम्बरको गाडी तथा जिल्ला प्रशासन कार्यालयको बा १ ब १४४ र जिल्ला निर्वाचन कार्यालयको बा २ ब ९२४ नम्बरको मोटरबाईक दुरुपयोग भएको सहायक प्रमुख जिल्ला अधिकारी विवेक विडारीले बताउनुभयो । को १ ब ९४४, बा २ ब १९९४ र को १ ब ९९७ नम्बरको मोटरबाईकको भने, पहिचान हुन बाँकी छ ।  

दुरुपयोग भएका अन्य सवारी साधनको छिटोभन्दा छिटो पहिचान गरेर सम्बन्धित कार्यालयलाई लिखित स्पष्टीकरण माग गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताउनुभयो । सबै सवारी साधनको रेर्कड प्रशासनमा नभएकाले पहिचान गर्न ढिलाई भएको उहाँले स्वीकार्नु भयो । कार्यालयको कामको सन्दर्भमा उहाँहरु जाँदा अन द रुट परेको अथवा बिशुद्ध विदाको दिनमा आफ्नो निजि प्रयोगका लागि सवारी साधन प्रयोग भएको हो । प्रजिअ पौडेलले भन्नुभयो, ‘त्यो चाँही कार्यालयको जवाफ नआएसम्म केही भन्न सकिन्न ।’ यद्यपी, मनोरञ्जनकै लागि सवारी साधनको प्रयोग भएको प्रष्ट छ ।

सरकारी सवारी साधनको दुरुपयोग भएको व्यापक चर्चासँगै बल्ल जिल्ला प्रशासन कार्यालयले सबै कार्यालय र १० स्थानीय तहलाई लिखित रुपमै आफ्नो कार्यालयमा भएका सरकारी गाडी तथा मोटरबाईकको विवरण माग गर्ने जनाएको छ । यसअघि पनि कर्मचारी र जनप्रतिनिधिबाट पटक–पटक सरकारी साधनको दुरुपयोग हुंदै आएको छ । सार्वजनिक विदामा सरकारी साधनको दुरुपयोग गर्दै उनीहरुले आफ्ना छिमेकी, पारिवारीक सदस्य, गलफ्रेण्ड, कार्यकर्ता बोक्ने गरेको पाइएको छ ।

माथिको तस्विरमा: दुरुपयोग भएका सरकारी साधनहरु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन