१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘कानून निमार्णमा ढिलाइ भएकाले यातायातमा समस्या’ – मन्त्री चौधरी

२२ फाल्गुन २०७५, बुधबार ०५:३०

फागुन २२, खस्यौली (रासस) | प्रदेश नं ५ का भौातिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले यातयातसँग सम्बन्धित कानून निर्माणमा ढिलाइ भएकाले प्रदेशमा यातायात व्यवस्थापनमा समस्या भएको बताउनुभएको छ । 

मङ्गलबार नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन प्रदेश नं ५ कमिटीले बुटवलमा गरेको अन्तरक्रियामा उहाँले यातयातलाई व्यवस्थित गर्न प्रदेश नं ५ मा रहेको बाटोलाई व्यवस्थित बनाउने गरी काम अघि बढेको छ भन्नुभयो ।

“कुन यातायातको साधन कुन बाटोमा सञ्चालन गर्ने हो त्यसका लागि पनि बाटोको वर्गीकरण गर्ने गरी विज्ञ टोलीमार्फत काम भइरहेको छ”, मन्त्री चौधरीले भन्नुभयो । 

इ–रिक्साको व्यवस्थापन, पार्किङ व्यवस्थापन, सडक मर्मतजस्ता कार्य मात्र गर्न सके पनि दुर्घटना न्यूनीकरण हुने भन्दै मन्त्री चौधरीले त्यसका लागि प्रदेश सरकारले विज्ञहरुको टोली नै बनाएर काम शुरु गरेको उल्लेख गर्नुभयो । 

ट्राफिक प्रहरी कार्यालय प्रदेश नं ५, बुटवलका प्रहरी निरीक्षक गङ्गाबहादुर सारुले प्रदेश नं ५ दुर्घटनाको जोखिमका हिसाबले पहिलो स्थानमा रहेको भन्दै त्यसका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । 

सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा काफ्लेले यातायात चालकले सवारीसाधन चेलेकै अवस्थामा फोन उठाउने वा नउठाउने भन्ने बारेमा नीति नै बनाएर नियमन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

सङ्गठनका रुपन्देही अध्यक्ष कृष्ण कँडेलले अवधारणापत्र प्रस्तुत गर्दै भौतिक यान्त्रिक, मानवीय र पर्यावरणीय कारणले दुर्घटना हुने गरेको बताउनुभयो । सङ्गठनले सडक दुर्घटना न्यूनीकरण प्रादेशिक अभियान सञ्चालन गर्ने र एक वर्षमा १५ हजार यातायात मजदुरलाई सडक अनुसाशन र ट्राफिक नियमका बारेमा प्रशिक्षित गर्न आवश्यक भएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट