2026-09-19 03:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापा र मोरङको सिमानामा बाढीपीडितका लागि छ घर निर्माण

फागुन २३, काठमाडौँ (रासस) | जापानमा प्रवासी जीवन बिताइरनुभएका समाजसेवी कृष्ण कार्कीले झापा र मोरङको सिमानामा पर्ने रतुवामाई खोलाका बाढीपीडितका लागि छ घर निर्माण गरिदिनुभएको छ । 

विराटनगरका स्थानीय समाजसेवी कार्कीले आफ्नो एकल लागतमा रु २० लाखमा निर्माण भइरहेका छ घरमध्ये दुई घरको निर्माणकार्य सम्पन्न भइसकेको छ । बाँकी चार घरको निर्माण कार्य पनि चाँडै सम्पन्न गरी जतिसक्दो चाँडो हस्तान्तरण गरिने कार्कीले जानकारी दिनुभयो । 

घर निर्माण योजनाका संयोजक ई चुडामणि कार्कीले शुरुमा वास्तविक पीडितको पहिचान गर्दा समय लागे पनि पछिल्लो समयमा तीव्ररूपमा काम भइरहेको बताउनुभयो । पीडितमध्ये असक्त तथा ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखिएको छ । यो वर्षको वर्षा शुरु हुनुपूर्व नै उक्त योजना सम्पन्न गरी घर हस्तान्तर गरिनेछ । 

अहिले बाढीले बस्ती बगाएसँगै गाउँभरिमा एक मात्र खानेपानीको धारा रहेकाले शुद्ध पिउने पानीको अभाव, शौचालयलगायतका समस्या देखिएको हुँदा त्यसको समाधान पनि गरिने उहाँको भनाइ छ । स्थानीय राम गुरुङले बस्ती निर्माणपूर्व त्यहाँको अवस्था अत्यन्त दयनीय रहेकोे र अहिले गाउँको पुनःनिर्माणले पीडितको गाउँमा खुशी छाएको छ बताउनुभयो । 

विराटनगरका स्थानीय कृष्ण कार्की हाल जापानमा बसेर नेपालमा विभिन्न समाजसेवामा सक्रिय रहँदै आउनुभएको छ । केही समय अगाडि मात्र आमाको मृत्यु भइसकेपछि बाबुद्वारा सडकमा फालेर हिँडेका दुई जुम्ल्याहा छोरीको शिक्षामा कक्षा १ देखि १२ सम्मको सम्पूर्ण पढाइवापतको खर्च विद्यालयको बैंक खातामा जम्मा गरिदिनुभएको थियो । 

गत असारमा मोरङको रतुवामाई खोलामा आएको भीषण बाढीबाट पूर्णरूपमा विस्थापित भएका मोरङ रतुमाई नगरपालिका–३ बर्तीटोलका २१ घरपरिवारमध्ये सुकुम्वासी बन्न पुगेका तथा आर्थिक साथै शारीरिक रूपमा अशक्त घरपरिवारलाई समाजसेवी कार्कीको एकल आर्थिक सहयोगमा पुनःबास गराउने अभियान शुरु भएको हो । गत मङ्सिर २१ गते नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवाल र रतुवामाई नगरपालिकाका मेयर रवीन राईको उपस्थितिमा घरको शिलान्यास गरिएको थियोे । 

छुवाछूतमा आधारित गीत ‘दलित’ बजारमा 

लोक तथा दोहोरी गायक पुष्कल शर्माले दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतमा आधारित ‘दलित’ नामक लोक तथा दोहोरी गीत बजारमा ल्याउनुभएको छ । 

जातीय भेदभाव तथा छुवाछूतका कारण अन्तरजातीय प्रेम गर्ने जोडीले भोग्दै आएको समस्यालाई समावेश गरिएको सो गीतमा लय÷शब्द÷सङ्गीत र स्वर गायक शर्माको रहेको छ । शर्मालाई स्वरमा चर्चित गायिका विष्णु माझीले साथ दिनुभएको छ । मन्दिर म्युजिक प्रालिले उत्पादन तथा वितरण गरेको सो गीतको म्युजिक भिडियोमा गायक शर्माकै निर्देशन रहेको छ । गीतमा गायक शर्मा र सारिका केसीको अभिनय रहेको छ । 

गायक शर्माले सदियौँदेखि जातीय भेदभाव तथा छुवाछूतको पीडा भोग्दै आएका दलित समुदायभित्र अन्तरजातीय विवाह गरेकै कारण विवाहित जोडी र घरपरिवारसमेत विस्थापित भइरहेको अवस्थामा जातीयताकै कारण विछोडिने जोडीको पीडालाई समेटेर गीत बजारमा ल्याएको जानकारी दिनुभयो । उहाँले यसअघि ‘मुटु जलाइजलाइ’, ‘आउँछौ आउँदैनाँै’ र ‘अँध्यारो शनिबार’ लगायत दजनौँ गीत सिर्जना गरेर स्वर दिइसक्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई