२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भगवानले मलाई यहि समयको लागि बनाएको जस्तो लाग्यो– गायक पुन

६ चैत्र २०७२, शनिबार १०:०८

  धौलागिरी क्षेत्र र त्यसमा पनि म्याग्दी जिल्ला कला संस्कृतीको हिसावले निकै मानिएको क्षेत्र हो । आज भन्दा झण्डै बर्ष पहिला त्यही म्याग्दी जिल्ला देबिस्थान गाविसमा बुवा कर्ण प्रसाद पुन तथा माता रनमाया पुनको कोखबाट २०३० सालमा जन्मिएका कुमार पुनले २०४७÷४८ सालमा खुब रोधी बसे, रोधी बस्दा बस्दै साथीहरुको सल्लाहमा गित गाउँने सोच बनाएर काठमाण्डौ पुगे

रातभरी रोधी गाउँने गरेका पुनलाई गित गाउँने सपनाले २०५१ सालमा काठमाण्डौं पुर्यायो धानको बाला भन्ने गित रेकर्डपनि गराए । उनले सम्झन्छन् यो समयका निकै लोकप्रिय लोकदोहोरी गायक बद्री पंगेनी र राजु परियार त्यो समय काठमाण्डौंको पुकार दोहोरी साझँमा गित गाउँथे । गित रेकर्ड गराए गाउँ फर्किए घरको परिस्थितीमा समस्या आयो देशमा बस्न सक्ने अबस्था रहेन । त्यसपछि थाईलैण्ड गएका कुमार पुन झण्डै १८ बर्ष विदेशी भुमीमा पसिना बगाए ।
kumar pun (2)
लोकदोहोरी क्षेत्रमा पुराना संस्कार भन्दा छाडा बन्दै गएकोमा निकै दुख लागेको बताउने उनी नेपाली लोकसंगीतलाई माया गर्थे तर आफ्नो परिस्थितिको कारण थाईलैण्डबाट नेपाल आउन सकिरहेको थिएनन् । उनी थप्छन् थोरै समय मिलाएर नेपाल आयो साथीभाईहरु, आफन्तहरु भेट्दा समय सकिन्छ अनि फर्कनै हतार हुने त्यसकारण म यो क्षेत्रमा लागीरहन सकिन । थाईलैण्डका कार्ड होल्डर समेत रहेका पुन १८ बर्ष पछि नेपाली लोकसंगीतमा यसरी फर्के कि अहिले उनलाई हरेक कार्यक्रम तथा सभा समारोहमा भ्याई नभ्याई नै भन्छन् । नेपाली समाजको बास्तबिकता समातेर गितमा उन्ने पुनले आफ्नो स्वरलाई यस्तो गरि नेपाली लोकसंगितमा पस्के कि उनलाई यो क्षेत्रमा लामो समय बिताएकाहरुले पनि सम्मान गर्न पर्ने बनाइदिए । प्राय सबै गितमा रमेश बिजीले संगित भरेका गित गाएका पुनले आफ्ना पुराना मित्र तथा राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठानका महासचिव रमेश बिजी लोकसंगितको लागि धरोहर भएको बताए ।
बसम माया रमाईलो गरेर
के लैजानु ओ मरेर
पैचो तिर्नु छ तिम्रो गुनको
लाछा डोरी उनको

ओठी सुनको दिउँला पछ्योरी घारबुनाको । यस्तो शब्दलाई संगितमा भरेर उदाएका कुमार त्यसपछि श्रोता दर्शकको मनमा सजिलै बस्न सक्ने खालका गित लिएर निरन्तर आए । उनले त्यसपछि फेरी अर्को उस्तै मौलिक गित बजारमा ल्याए झल्को आउँछ निदरी आउँदैन, सम्झ्यो माया रुन मन लाउँछ कसैसित बोल्नै मन लाउँदैन भन्ने गित पनि चर्चाको सिखरमा नै रह्यो । त्यसपछि उनले प्रेमसागर पौडेलको जिन्दगी बगेको खोला हो भन्ने गितमा आफ्नो आवाज दिए । अरुको एल्वम मौलिक नभए आबाज नदिने बताउने पुनले त्यसपछि यस्तो गित नेपाली दर्शक श्रोतको माझँमा ल्याए कि उनीलाई चर्चाको मात्रै होईन सम्मानको पनि ठुलै स्थान हासिल गरायो ।
उनले बिन्द्याबासीनी लगायतका दर्जनौ अवार्डहरु पनि प्राप्त गरे । आफुले १८ बर्ष अगाडी छोडेर बिदेशिएको लोकदोहोरी क्षेत्रमा मौलिकताको खाँचो रहेको महशुस गरायो पुनलाई । उनी बजारमा अब केहि समय पछाडी दर्जनौ गित लिएर आउने तयारीमा रहेको पनि हामीलाई बताए । तपाई लोक दोहोरी क्षेत्रमा यस्तो प्रतिभा भएको मानिस हालसम्म किन नआएको ? भन्ने प्रश्नमा पुनले भने सायद भगवानले मलाई यहि समयको लागि छान्नु भएको हुन सक्छ नत्र म १८ बर्ष अगाडी आएको हो यो फिल्डमा तर म बिदेशिनु पर्यो नि ? उनले भने ।

उनी लोकदोहोरी क्षेत्रबाट पछाडी फर्कन त परेको छैन तर भन्छन् गित गायर बाच्न चाहि गारो छ । पहिला जस्तो क्यासेट तथा सिडीहरु बिक्री हुदैनन् । नयाँ आउने मानिसहरुलाई कति गारो होला भन्दै उनले थपे धेरै मानिसहरुले यो क्षेत्रलाई सोकको रुपमा बुझेका छन् लोकसंगितको अध्यायन छैन, आफुले आफुलाई निकै लोकप्रिय सम्झीएका छन् घरमा परिवारसँग बसेर हेर्न लायक गितहरु हराउँदै गएका छन् यसले दुखी बनाएको छ । तर यसलाई अन्त्य गर्ने अभियान पनि चलाउँदै जानुपर्छ भन्ने लाग्न थालेको छ ।
पछिल्लो समय चर्चाको सिखरमा रहेको उनको गित यो हो ।
नसोचेको भेट हाम्रो कस्तो
खुसी छौ कि दुखी छौ मै जस्तो
हैन अरुको
तिम्रै भए जति दिन भए नि भैन अरुको

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने