2026-09-01 02:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

पर्यटन वर्षको प्रचार गर्न जनप्रतिनिधिसहितको जलयात्रा

फागुन २४, चितवन | पर्यटन वर्ष २०२० को प्रचारप्रसारका लागि उद्योग वाणिज्य सङ्घ रत्ननगरले जनप्रतिनिधिसहितको टोलीलाई बिहीबार र शुक्रबार त्रिशूलीमा र्याफ्टिङ गराएको छ । धादिङको चरौदिबाट १७ किलोमिटर दूरी पार गरेर साँझ फिस्लिङमा रात कटाएको सो टोलीले आज बिहान पुनःपाँच किलोमिटर दूरी पार गर्दै कुरीनटारमा आएर र्याफ्टिङ यात्रा सम्पन्न गरेको छ । 

पर्यटकीय क्षेत्र सौराहा रहेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले र्याफ्टिङबाट झरेपछि जीवनमा एकपटक र्याफ्टिङ यात्रा गर्नैपर्दोरहेछ भन्नुभयो । शुरुमा डर लागे पनि यात्रा गर्दै जाँदा अविस्मरणीय अनुभव भएको वनको भनाइ छ । सन् २०२० मा स्वदेशी र विदेशी धेरै पर्यटक चितवनमा भित्र्याउने योजनासहित लागि पर्नुभएका वनले पर्यटकीय गतिविधिका हिसाबले हामी निकै धनी रहेको बताउनुभयो । 

काठमाडौँबाट आउने पर्यटक त्रिशूली नदीमा र्याफ्टिङ गर्दै नारायणगढ पुग्न सकिने सन्देश यस कार्यक्रमले दिएको प्रदेशसभा सदस्य कृष्ण खनालले बताउनुभयो । 

रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम रेग्मीले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन र चितवनको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यसहित त्रिशूली नदीमा र्याफ्टिङ गरिएको बताउनुभयो । उहाँका अनुसार जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि र पूर्वप्रतिनिधिसहित ३५ जनाको टोलीले र्याफ्टिङ गरेको हो । 

देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा हरेक वर्ष दुई लाखको हाराहारीमा स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् । जिल्लामा आउने पर्यटकको मुख्य गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज हो । यससँगै पवित्र तीर्थस्थल देवघाट, सिराइचुली, लामो झरना, थारु संस्कृतिसँगै जलयात्रा हुने गर्दछ । 

पर्यटकको बसाइँ लम्ब्याउनका लागि नयाँ गन्तव्यको खोजी गर्नुपर्ने क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला