2026-09-08 03:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

मेघा अस्पतालमा ५० प्रतिशत छुट

फागुन २४, ललितपुर | ललितपुर महानगरपालिका, सानेपा वडा नं ३ धोबीघाटस्थित मेघा अस्पतालले नेपालभरका ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला, अनाथ, राष्ट्रिय खेलाडीलगायत मानसिक सन्तुलन गुमेका मानिसलाई उपचारमा ५० प्रतिशत छुट दिएको छ । 

एक वर्षअघिदेखि अस्पतालले सेवाको भावना जनाउने उद्देश्यका साथ त्यस्ता नागरिकलाई उपचारमा ५० प्रतिशत छुट दिँदै आएको हो । अस्पतालले जुनसुकै रोगका बिरामीलाई १० शय्याको निःशुल्क उपचार सुविधा दिँदै आएको अस्पतालका अध्यक्ष किशोरजङ्ग राणाले जानकारी दिनुभयो । “केही दिनअघि १७ जना अपाङ्गलाई सम्पूर्ण उपचार सुविधा दियौँ,” राणाले भन्नुभयो, “ १७ जना अपाङ्गमध्ये तीन जनालाई रु तीन लाख बराबरको खुट्टा हामीले सहयोग ग¥यौँ ।” एक वर्षको हाराहारीमा करीब १०० बिरामीले पूर्ण उपचार सुविधा पाएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । अस्पतालले औषधि खरीदमा पनि सबै नागरिकलाई १० प्रतिशत छुट दिएको छ । 

ज्येष्ठ नागरिकको परिचयपत्र प्राप्त व्यक्तिले अस्पतालमा पत्र पेश गरेपछि ५० प्रतिशत छुट दिइने अस्पतालका मेडिकल प्रमुख डा शिवकुमार साहले जानकारी दिनुभयो । “हामीले यही फागुन १० गते २४ जना ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला र अनाथलाई उपचारमा सम्पूर्ण निःशुल्क सुविधा दियौँ,” शाहले भन्नुभयो, “आफन्तलगायत सन्तान नभएका जो कोही आमाबुबाले हामीलाई सम्पर्क गर्नुभयो भने उहाँहरुलाई अस्पतालले निःशुल्क सुविधा दिने निर्णय गरेको छ ।” 

हालसम्म अस्पतालबाट तीन एकल महिलाले उपचारमा पूर्ण पाएका छन् । राष्ट्रियस्तरका खेलाडी भने कोही पनि उपचार सेवा लिन उपस्थित नभएको बताइएको छ । केही दिनअघि नुवाकोटकी ११६ वर्षीया बाटुली लामिछानेलाई अस्पतालले पूर्ण उपचार सुविधा दिने घोषणा गरेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले जानकारी दिनुभयो । “सुस्त श्रवण क्षमताका व्यक्तिलाई अस्पतालले पूर्ण रुपमा निःशुल्क कानमा एयरफोन हाल्ने तथा हात नभएका व्यक्तिलाई हात हालिदिने निर्णय गरेको छ,” कर्माचार्यले भन्नुभयो, “यस अस्पतालले हालसम्म आँखाको उपचार सेवा दिन भने सकेको छ्रैन ।” पाँच वर्ष पहिले स्थापना भएको अस्पतालले अर्बुदरोग उपचारको आरम्भ गर्ने पनि बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ