Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २७ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फ्रन्टलाइन विकास व्यस्थापन परामर्श केन्द्र संचालनमा

२०७२, ७ चैत्र आईतवार १०:०५

चैत्र ७, कुश्मा  , जिल्लालाई मुख्य कार्य क्षेत्र वनाई सरकारी, सामाजिक संघ संस्था र निजी तथा साझेदारी व्यवसायका विभिन्न क्षेत्रमा सेवा प्रदान गर्ने उद्देश्य सहित फ्रन्टलाइन विकास व्यवस्थापन परामर्श केन्द्र संचालनमा आएको छ । आइतवार कुश्मामा एक कार्यक्रम विच पर्वत उद्योग वार्णीज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने र गैसस महासंघ नेपालका पश्चिमाञ्चल क्षेत्रीय इन्चार्ज एवं केन्द्रीय सदस्य देवीप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा रिवन काटेर केन्द्रको शुभारम्भ गर्नु भएको हो ।

केन्द्रले विभिन्न सरकारी, गैरसरकारी, सामाजिक संघ संस्था,निजि तथा साझेदारी व्यवसायिक क्षेत्रका व्यवस्थापकीय, लेखा , कर भ्याट सम्वन्धी सेवा, औधोगिक परामर्श, व्यवसायिक तथा वजारीकरण कार्ययोजना, सुचना संचार, प्रविधि, कम्प्युटर कोर्शहरु, सफ्टवयर र व्यवसायिक कृषि र पशुपालनका क्षेत्रमा सेवा दिने गरि कार्य संचालन गर्न लागेको र विषय विशेषज्ञताको सहकार्य र व्यवस्थापनमा सम्पूर्ण कार्य गरिने केन्द्रका व्यवस्थापक शिवप्रसाद शर्माले वताउनु भयो ।

कार्यक्रममा वोल्दै पर्वत उद्योग वार्णिज्य संघका अध्यक्ष हरिओम शर्मा लामीछानेले पर्वतमा उद्योगी व्यवसायी, सहकारी र संघ संस्थाहरु कर तथा लेखा र व्यवसायिक कार्ययोजना निर्माण सम्वन्धी समस्याबाट दुःख पाइरहेको अवस्थामा परामर्श केन्द्रले भरपर्दो सेवा उपलव्ध गराउन सके सबैलाई राहात हुने धारणा व्यक्त गर्नु भयो । करलाई मासिक अनलाइनमा इन्ट्री गर्न समस्या रहेकोमा आगामी दिनमा भरपर्दो सेवा दिन केन्द्र सफल हुने आशा व्यक्त गर्नुभयो ।

गैसस महासंघ नेपालका पश्चिमाञ्चल इन्चार्ज तथा केन्द्रीय सदस्य देवीप्रसाद तिमिल्सिनाले पर्वत जिल्लामा यस प्रकारको सेवाको आवश्यकता पहिल्यै देखि भएको बताउँदै विषय क्षेत्रमा केन्द्रीत भएर उत्कृष्ठ सेवा दिन सके प्रयास सार्थक हुने धारणा व्यक्त गर्नु भयो ।
फ्रन्टलाइन विकास व्यवस्थापन केन्द्रका प्रवन्धक शोभा आचार्य शर्माले सेवामा उत्कृष्टता र दिगोपना हुने गरि कार्य गर्ने प्रतिवद्धता सहित सल्लाह सुझाव, हौसला र प्रेरणा दिने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित विभिन्न देश पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनद्वारा सपथ ग्रहण धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ: अर्थमन्त्री वाग्ले कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ : वर्षमान पुन प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की