2026-09-01 02:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

संरक्षण भएन दासढुङ्गा

फागुन २६, भरतपुर (रासस) | जताततै प्लाष्टिक र फोहर, भाँचिएको गेट, मर्मत नभएका संरचना । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनामा परी मृत्यु भएको स्थल चितवनको दासढुङ्गाको अवस्था देखेपछि तनहुँका सूर्य अधिकारी खिन्न हुनुभयो । “दासढुङ्गाको अवस्था देखेपछि निराश भएँ”, काठमाडौँ जाने क्रममा मदन–आश्रितको दुर्घटनास्थल दासढुङ्गामा बस्नुभएका उहाँले भन्नुभयो, “सालिकसमेत संरक्षण हुन नसकेकामा दुःख लाग्यो ।” उहाँसँगै आउनुभएका जनक अधिकारीले पनि उस्तै महसुस गर्नुभयो । 

दासढुङ्गामा मदन–आश्रितको सालिक भएको स्थानको उचित संरक्षणमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन । प्रत्येक वर्ष जेठ ३ गते भव्य कार्यक्रमको आयोजना गर्ने गरिए पनि पार्क र सालिकको समेत संरक्षण हुनसकेको छैन । “हामी सधैँ मदन भण्डारीको चर्चा गर्छौँ । जेठ ३ गते सालिकमा फूलमाला चढाउँछौँ । वर्षभरि सुत्छौँ, अनि फेरि अर्को वर्ष त्यही प्रक्रिया दोहोरिन्छ । मदन भण्डारीको सम्झनामा यति मात्र भएको छ”, नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवालीले भन्नुभयो, “मदन भण्डारीको सम्मान फूलमालाले होइन, कामबाट गर्नुपर्छ ।” जनतासँग जोडेर काम गर्न सकेमात्र मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जलि हुने उहाँले बताउनुभयो । दासढुङ्गालाई नेपालको राजनीतिको अध्ययन केन्द्र बनाउनुपर्नेमा ज्ञवालीको जोड छ । 

“दासढुङ्गा विश्वमा चर्चामा आएको नाम हो, भरतपुर महानगरपालिका–२९ का वडाध्यक्ष मानबहादुर रानामगरले भन्नुभयो, “देशभर यो ठाउँलाई हेर्ने दृष्टिकोण नै फरक छ ।” संरक्षण नहुँदा दासढुङ्गा कुरूप बन्न थालेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । “यो सडक भएर यात्रा गर्दा जोकोहीले पनि आहा भन्ने बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “म आफै वडाध्यक्ष भए पनि केही गर्न सकेको छैन ।” दासढुङ्गामा व्यवस्थित तारजालीको समेत व्यवस्था गर्न नसकिएको उहाँले बताउनुभयो । कतिपय ट्रक त्यहीँ रोकेर चालकले मदन–आश्रितको सालिक नजिकै गएर खाना पकाएर खाने गरेको उहाँले बताउनुभयो । उहाँले दासढुङ्गामा ऐतिहासिक संरचना निर्माण गरेर सबैलाई आकर्षित गर्नुपर्ने भन्दै सरकारको ध्यान केन्द्रित हुन नसकेको दुखेसो पोख्नुभयो । प्रत्येक हप्ता स्थानीयस्तरबाट दासढुङ्गाको सरसफाइ गर्ने गरिए पनि एक/दुई दिनमै उस्तै हुने गरेको उहाँको भनाइ छ । 

प्रदेश नं ३ का प्रदेशसभा सदस्य विजय सुवेदीले २५ वर्षसम्म दासढुङ्गामा केही पूर्वाधार निर्माणबाहेकका ठोस काम गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले अब गुरुयोजना निर्माण गरेर त्रिशूली र नारायणी नदीसँग जोडेर एकीकृत विकास गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले दासढुङ्गामा झोलुङ्गे र पक्की पुल निर्माण गरिएको बताउनुभयो । पछिल्लो समय प्रदेश र केन्द्र सरकारले एकीकृत विकासका लागि चासो देखाएकाले छिट्टै दासढुङ्गाको मुहार फेरिनेमा उहाँको विश्वास छ । 

दासढुङ्गा घटनापश्चात पूर्व सांसद स्व जागृतप्रसाद भेटवालको संयोजकत्वमा दासढुङ्गा व्यवस्थापन समिति गठन भएको थियो । समितिले शुरुआतका चरणमा केही काम गरे पनि ठोसरूपमा दीर्घकालीन काम हुनसकेको छैन । मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईले गुरुयोजना निर्माण गरेर दासढुङ्गाको विकास गर्न लागिएको बताउनुभयो । दासढुङ्गामा मदन–आश्रित पार्क निर्माणका लागि करीब दुई बिघा जग्गा लिइएको छ । सो जग्गामा पार्क र नदीसँग जोडेर एकीकृत विकासका लागि गुरुयोजना निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २५ वर्ष पुगेको छ । विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको जिप दुर्घटनामा मदन–आश्रितको निधन भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला