महेन्द्र जिसी, पर्वत विगतमा भएको लोडसेडिङ मुक्त जिल्ला बनाउने सम्झौता कार्यन्वय गर्न पर्वतका युवाहरुले विद्युत प्राधिकरण जिल्ला शाखा पर्वत लाई ध्यानकर्षण गराएका छन । गत हप्ता सरुवा भई जिल्लामा आएका कार्यलय प्रमुख विजय राज रेग्मीलार्य लाई स्वागत गर्दैै युवाहरुले सम्झौताको ध्याकर्षण गराएका हुन । लोडसेडिङ मुक्त जिल्ला संघ्रष समीती अध्यक्ष लक्ष्मण श्रेष्ठले प्रधिकरण प्रमुखलाई फुलमाला लगाएर स्वागत गुर्नभएको हो ।
कार्यक्रममा समीती सदस्य अच्युत तिवारीले प्राधिरण प्रमुख जिल्ला स्थित उद्यागी व्यापारी र प्रमुख जिल्ला अधिकारी सहीतको त्रीपक्षीय संझौतामा भएको बुधाँको सिघ्र कार्यन्वयको माग गर्नुभएको हो । समीतीको तर्फबाट पर्वत जिल्ला जलविद्युत उत्पादनबाट प्रभावित भएको भन्दै युवाहरुले प्राभावित जिल्लालाई लोडसेडिङ मुक्त गर्नु पर्ने माग राखेका हुन । ध्यानाकर्षण कार्यक्रममा प्राधिकरण प्रमुख विजय राज रेग्मीले विद्युत सुचारु गराउन जिल्लामा कृयाशिल समीतीहरु बढी सकृय भएका जिल्ला लोडसेडिङ मुक्त भएको बताउनु भयो । युवाहरुले जिल्ला विद्युतीय समस्यामा परेको भन्दै सम्झौता कार्यन्वय गराएर आन्दोलका चरणमा समीतीलाई नबनाउन अनुरोध गरेका हुन । कार्यक्रममा संघ्रष समीतीले विद्युतीय समस्याका कारण भएका आन्दोलनमो समेत चर्चा भएको थियो ।