२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जुगल हिमाल आरोहणको तयारी

२७ फाल्गुन २०७५, सोमबार ०५:५२

राम केसी | फागुन २७, चौतारा | सिन्धुपाल्चोकको जुगल गाउँपालिकाअन्तर्गत गुम्बा गाउँमा अवस्थित जुगल हिमालको पहिलो पटक आरोहण गरिने भएको छ । काठमाडौँबाट सबैभन्दा नजिक पर्ने र अहिलेसम्म मानव पाइला नपरेको उक्त हिमशृङ्खलामा पर्ने छ हजार १५१ मिटर उचाइको ग्याल्जेन पिक (टाकुरा)को सगरमाथा आरोही माया गुरुङ नेतृत्वको टोलीले आरोहण गर्ने भएको हो । 

आरोहणका लागि सबै प्रक्रिया पूरा भइसकेको र आगामी चैत १५ गते काठमाडौँबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । आरोहण अवधि २१ दिनको हुने र आफूसहित अर्का सगरमाथा आरोही सरल सहयात्रीसहित छ जनाले टाकुराको आरोहण गर्ने गुरुङको भनाइ छ । अहिलेसम्म कसैले नचढेको हुँदा कति अप्ठेरो छ भन्ने बारेमा पनि अध्ययन अनुसन्धान गरिने गुरुङले बताउनुभयो । 

पर्यटन विभागका अनुसार लाङटाङ र जुगल हिमशृङ्खलामा २६ टाकुरा रहेका छन् । जुगल हिमशृङ्खलामा मात्र ११ टाकुरा रहेको र सबैभन्दा अग्लो छ हजार ९७९ मिटर उचाइको ल्याङ्पो ग्याङ पिक (टाकुरा) पर्दछ । गुरुङ र सहयात्री दुवैजना जिल्लाबासी हुन् । गुरुङले २०६५ सालमा १० सदस्यीय समावेसी महिला टोलीबाट सगरमाथाको सफल आरोहण गरिसक्नुभएको छ । त्यसैगरी सातै महादेशको सबैभन्दा अग्ला हिमालको समेत उहाँले आरोहण गर्नुभएको छ । 

साविक गुम्बा र हाल जुगल गाउँपालिका–३ मा पर्ने उक्त हिमशृङ्खला आरोहण गर्न काठमाडौँदेखि गुम्बाको पाउलाडाँडासम्म यातायातको सुविधा छ । त्यहाँबाट ने–पेमासाल हुँदै प्रथम आधार शिविर पुग्न पाँच दिनको पैदल यात्रा गर्नुपर्ने वडा सदस्य हिमाल तामाङले जानकारी दिनुभयो । 

व्यावसायिक प्याराग्लाइडिङ शुभारम्भ 

जिल्लाको सागाचोकगढी नगरपालिका–९ कदमवासको लामाचौरमा प्याराग्लाइडिङको व्यावसायिक उडानको शुभारम्भ भएको छ । नेपाल सरकारको मान्यताप्राप्त नेपाल प्याराग्लाइडिङ तथा हयाण्डग्लाइडिङ सङ्घद्वारा आयोजित व्यावसायिक उडानको नगरप्रमुख अमानसिं तामाङबाट शनिवार शुभारम्भ भएको हो । 

उडानबाट प्याराग्लाइडिङका लागि उक्त स्थान उपयुक्त ठहरिएको थियो । नगरपालिकाका सबै वडाहरूमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको र सोही परिप्रेक्षमा स्थानीय समिति र नगरपालिकाको साझेदारीमा प्याराग्लाइडिङको उडान शुरु गरिएको हो । 

शुभारम्भको दिन एकजनाले मात्र उडान गर्ने ‘सोलो’ र यात्रु बोक्ने ‘टेण्डम’ गरी दुइवटा उडान गरिएको थियो । लामाचौरबाट उडान गरी सुनकोशी गौरशङ्कर र जुगल हिमशृङ्खलाको दृश्यावलोकन पछि पुनः सोही वडाको सिनानचौरमा अवतरण गरिएको वडाध्यक्ष विष्णु लामाले बताउनुभयो । 

स्थानीय तहको सिफारिसमा कम्पनी दर्ता गर्नुपर्ने र नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएपछि मात्र नियमित उडान गर्न सकिने प्रावधान रहेको छ । यसअघि काठमाडौँसँग सीमा जोडिएको मेलम्ची नगरपालिकाको भोटेचौरमा पनि प्याराग्लाइडिङको उडान हुँदै आएको छ । 

आफ्नो वडाभित्रका ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षणका साथै चालू आर्थिक वर्षमा पाचँवटा ग्रामीण सडकको स्तरोन्नति गरी कालो पत्र गरिने र दुइवटा सडकको स्तरोन्नति गर्ने नगरपालिकाको कार्यक्रम छ । त्यसका लागि बोलपत्रसमेत आह्वान गरिएको छ । 

ऐतिहासिक सागाचोकगढीको पुनःनिर्माण एवं संरक्षणका लागि सङ्घीय सरकारबाट रु. २० लाख र प्रदेश ३ बाट रु. एक करोड ५० लाख सहित रु. एक करोड ७० लाख निकासा भएको छ । गढी निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेको छ । त्यसैगरी प्रसिद्ध गौराती भीमेश्वर मन्दिरको पर्खाल घेर्ने लगायतका पूवाधारका लागि रु. २० लाख बजेट विनियोजन गरिएको नगरप्रमुख तामाङले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य