२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जुगल हिमाल आरोहणको तयारी

२०७५, २७ फाल्गुन सोमबार ०५:५२

राम केसी | फागुन २७, चौतारा | सिन्धुपाल्चोकको जुगल गाउँपालिकाअन्तर्गत गुम्बा गाउँमा अवस्थित जुगल हिमालको पहिलो पटक आरोहण गरिने भएको छ । काठमाडौँबाट सबैभन्दा नजिक पर्ने र अहिलेसम्म मानव पाइला नपरेको उक्त हिमशृङ्खलामा पर्ने छ हजार १५१ मिटर उचाइको ग्याल्जेन पिक (टाकुरा)को सगरमाथा आरोही माया गुरुङ नेतृत्वको टोलीले आरोहण गर्ने भएको हो । 

आरोहणका लागि सबै प्रक्रिया पूरा भइसकेको र आगामी चैत १५ गते काठमाडौँबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । आरोहण अवधि २१ दिनको हुने र आफूसहित अर्का सगरमाथा आरोही सरल सहयात्रीसहित छ जनाले टाकुराको आरोहण गर्ने गुरुङको भनाइ छ । अहिलेसम्म कसैले नचढेको हुँदा कति अप्ठेरो छ भन्ने बारेमा पनि अध्ययन अनुसन्धान गरिने गुरुङले बताउनुभयो । 

पर्यटन विभागका अनुसार लाङटाङ र जुगल हिमशृङ्खलामा २६ टाकुरा रहेका छन् । जुगल हिमशृङ्खलामा मात्र ११ टाकुरा रहेको र सबैभन्दा अग्लो छ हजार ९७९ मिटर उचाइको ल्याङ्पो ग्याङ पिक (टाकुरा) पर्दछ । गुरुङ र सहयात्री दुवैजना जिल्लाबासी हुन् । गुरुङले २०६५ सालमा १० सदस्यीय समावेसी महिला टोलीबाट सगरमाथाको सफल आरोहण गरिसक्नुभएको छ । त्यसैगरी सातै महादेशको सबैभन्दा अग्ला हिमालको समेत उहाँले आरोहण गर्नुभएको छ । 

साविक गुम्बा र हाल जुगल गाउँपालिका–३ मा पर्ने उक्त हिमशृङ्खला आरोहण गर्न काठमाडौँदेखि गुम्बाको पाउलाडाँडासम्म यातायातको सुविधा छ । त्यहाँबाट ने–पेमासाल हुँदै प्रथम आधार शिविर पुग्न पाँच दिनको पैदल यात्रा गर्नुपर्ने वडा सदस्य हिमाल तामाङले जानकारी दिनुभयो । 

व्यावसायिक प्याराग्लाइडिङ शुभारम्भ 

जिल्लाको सागाचोकगढी नगरपालिका–९ कदमवासको लामाचौरमा प्याराग्लाइडिङको व्यावसायिक उडानको शुभारम्भ भएको छ । नेपाल सरकारको मान्यताप्राप्त नेपाल प्याराग्लाइडिङ तथा हयाण्डग्लाइडिङ सङ्घद्वारा आयोजित व्यावसायिक उडानको नगरप्रमुख अमानसिं तामाङबाट शनिवार शुभारम्भ भएको हो । 

उडानबाट प्याराग्लाइडिङका लागि उक्त स्थान उपयुक्त ठहरिएको थियो । नगरपालिकाका सबै वडाहरूमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको र सोही परिप्रेक्षमा स्थानीय समिति र नगरपालिकाको साझेदारीमा प्याराग्लाइडिङको उडान शुरु गरिएको हो । 

शुभारम्भको दिन एकजनाले मात्र उडान गर्ने ‘सोलो’ र यात्रु बोक्ने ‘टेण्डम’ गरी दुइवटा उडान गरिएको थियो । लामाचौरबाट उडान गरी सुनकोशी गौरशङ्कर र जुगल हिमशृङ्खलाको दृश्यावलोकन पछि पुनः सोही वडाको सिनानचौरमा अवतरण गरिएको वडाध्यक्ष विष्णु लामाले बताउनुभयो । 

स्थानीय तहको सिफारिसमा कम्पनी दर्ता गर्नुपर्ने र नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएपछि मात्र नियमित उडान गर्न सकिने प्रावधान रहेको छ । यसअघि काठमाडौँसँग सीमा जोडिएको मेलम्ची नगरपालिकाको भोटेचौरमा पनि प्याराग्लाइडिङको उडान हुँदै आएको छ । 

आफ्नो वडाभित्रका ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षणका साथै चालू आर्थिक वर्षमा पाचँवटा ग्रामीण सडकको स्तरोन्नति गरी कालो पत्र गरिने र दुइवटा सडकको स्तरोन्नति गर्ने नगरपालिकाको कार्यक्रम छ । त्यसका लागि बोलपत्रसमेत आह्वान गरिएको छ । 

ऐतिहासिक सागाचोकगढीको पुनःनिर्माण एवं संरक्षणका लागि सङ्घीय सरकारबाट रु. २० लाख र प्रदेश ३ बाट रु. एक करोड ५० लाख सहित रु. एक करोड ७० लाख निकासा भएको छ । गढी निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेको छ । त्यसैगरी प्रसिद्ध गौराती भीमेश्वर मन्दिरको पर्खाल घेर्ने लगायतका पूवाधारका लागि रु. २० लाख बजेट विनियोजन गरिएको नगरप्रमुख तामाङले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै