2026-10-15 11:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

मनोसामाजिक सेवाको प्रभावकारिता

फागुन २७, सिञ्जा | बहुसांस्कृतिक मनोसामाजिक संस्था ९टिपियो० नेपाल जुम्ला शाखाले दिँदै आएकोे मनोसामाजिक सेवाप्रति स्थानीयवासी खुशी भएका छन् । मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या वृद्धि हुँदै गएकाले चालू आर्थिक वर्षको हालसम्म १८७ ले सो सेवा लिइसकेका छन् । 

गत साउनमा २२, भदौमा २३, असोजमा २४, कात्तिकमा १८, मङ्सिरमा २२, पुसमा २३, माघमा २८ र फागुनमा २७ ले सो सेवा लिएको टिपियोका मनोविर्मशकर्ता अप्सरा गिरीले बताउनुभयो । जुम्लामा पारिवारिक तनाव आर्थिक अभाव, सामाजिक विभेद, अध्यनमा कमजोरी, मदिरासेवन र अन्य विभिन्न कारणले मनोमाजिक समस्याका बिरामीको सङ्ख्या वर्षेनी बढ्ने गरेको उहाँको भनाइ थियो । 

दैनिक १३ जनासम्म यस्ता बिरामी आउने गरेका र सेवा लिन आएकामध्ये ८० प्रतिशतको अवस्था सुध्रिएको मनोविर्मशकर्ता नन्दराज आचार्यले जानकारी दिनुभयो । पुराना बिरामी निको भएका र नयाँ बिरामीले उपचारसम्बन्धी जानकारी पाएकाले वर्षेनी बिरामीको सङ्ख्या बढ्ने गरेको पाइएको छ । जिल्लामा १५ देखि ३५ वर्षमुनिका व्यक्तिमा यस्तो समस्या देखिएको छ । 

यस्ता बिरामीमध्ये उदासीन र आत्महत्या प्रयासका बढी मात्रामा पाइएको छ । आत्महत्याको प्रयास गर्नेहरूले अहिले सहज जीवन जिउन थालको मनोविर्मशकर्ता आचार्यको भनाइ थियो ।मनोसामाजिक समस्या भएकाको सङ्ख्या बड्दै गएको र उनीहरुलाई मनोविर्मश सेवा दिई अहिले पहिलेकै अवस्थामा फर्काइएकाले टिपियोले सबैको मन जित्न सफल भएको हो । 

तनावका कारण विभिन्न समस्यामा परेका बिरामीका लागि सेवा दिन विद्यालयमा पनि मनोविर्मश कक्षा र सेचतना जगाउने काम भइरहेको र मनोविर्मश सेवा लिएका मानिसमा फेरि त्यस्तो समस्या दोहोरिने नगरेको सो संस्थाले जनाएको छ । घरायसी वातावरण सहज नभएका बिरामी भने पुनः फर्किएर सेवा लिन आउने पनि गरेका छन् । हाल पुरुष र महिला बिरामीका लागि दुई मनोविर्मशकर्ता भएकाले उपचारमा पपनि सहज भएको छ । जुम्लामा सन् २०१४ देखि सो सेवा सञ्चालन हुँदै आएकामा सन् २०१८ मा २७१ यो सेवा सेवा लिएको मनोविर्मशकर्ता आचार्यले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो