Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, १ जना घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन २८, बेत्रावती | नुवाकोटको विदुर नगरपालिका–५ माझीटारमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ ।&nbsp;<br></p><p>देवीघाटबाट घरतर्फ जाँदै गरेको समयमा मोटरसाइकल दुर्घटना हँुदा चालक विदुर नपा–९ लामाटारका १७ वर्षका विनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो ।&nbsp;</p><p>उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका विनोदको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशूलीमा पुर्याएको केही समयमा नै मृत्यु भएको हो । बा६३प ५६३ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा चढेका १५ वर्षका विशेष थापामगर घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।&nbsp;</p>