२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

उपभोक्ता र व्यवसायी सचेत हुनुपर्ने

२८ फाल्गुन २०७५, मंगलवार ०५:४५

फागुन २८, बनेपा | बजारमा पाइने उपभोग्य वस्तुको उपभोग र त्यसलाई बजारीकरण गर्ने व्यवसायीबीचमा दुवै उत्तिकै सचेत हुनुपर्ने अवस्था रहेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । 

राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं ३ को आयोजना तथा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखा र खरीबोट उपशाखा पनौतीको संयोजनमा सोमबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित ‘उपभोक्ताको अधिकार र कार्यान्वयन अवस्था’ विषयक अन्तरक्रियामा आयोगका प्रदेश नं ३ का निर्देशक यज्ञप्रसाद अधिकारीले उपभोक्ताले उपभोग गरेको वस्तुबाट आफूमा नराम्रो असर पारेमा त्यसको क्षतिपूर्ति प्राप्त गर्न सकिने अधिकार सुनिश्चित भएको बताउनुभयो । 

उहाँले पछिल्लो अवस्थामा उपभोक्ताको चेतनामा विकास, मौलिक हकमा उपभोक्ता अधिकारको व्यवस्था, सरकारले बजार अनुगमन र उपभोक्ता जागरण कार्यक्रमका लागि प्रत्येक जिल्लालाई बजेट विनियोजनको प्रक्रिया शुरु र अदालतबाट उपभोक्ताको पक्षमा हुने फैसलाका कारण नेपालमा उपभोक्ताको अधिकार संरक्षणको अवस्था रहेको बताउनुभयो । 

उहाँले सुरक्षाको अधिकार, सूचित हुने अधिकार, छनोटको अधिकार र सुनुवाइको अधिकार उपभोक्ता अधिकारका चार खम्बाका रूपमा नेपालको संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै अब त्यसका लागि दुवै पक्ष उत्तिकै जिम्मेवार रहेको बताउनुभयो । उहाँले बजार अनुगमनको जिम्मा स्थानीय सरकारलाई प्रदान गरेकाले अब उपभोग्य वस्तुमा दशैँ, तिहारमा अनुगमन गरेजस्तो मात्रै गर्ने देखावटी चलनको अन्त्य हुने अपेक्षा व्यक्त गर्नुभयो । 

कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बजार व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएका कारण बजारको अनुगमन, नियमन र नयाँ नियम स्थापना गर्नेलगायतको अधिकार आइसकेकाले त्यसमा स्थानीय तह जिम्मेवार भएर उभिन आवश्यक रहेको बताउनुभयो । उहाँले मानव स्वास्थ्यका लागि महत्वपूर्ण वस्तु खरीदमा मूल्यअनुसारको वस्तुको गुणस्तर, बिक्री गर्दा सेवा सही ढङ्गले प्राप्त हुनुपर्छ भन्ने विश्वव्यापी मान्यतालाई अवलम्बन गर्न आवश्यक रहेको बताउनुभयो । अहिले भइरहेको बजारमा मूल्यअनुसारको वस्तुको गुणस्तर नहुने, भए पनि महँगो हुने र नेपालमा गुणस्तर पहिचान गर्ने मापदण्ड नै नभएको उल्लेख गर्दै त्यसको सुनिश्चिताका लागि राज्यले प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नगर उपप्रमुख विमला शर्माले उत्पादन गरेको चिज गुणस्तर छ कि छैन भनेर जाँच गर्ने निकाय हुनुपर्नेमा जोड दिनुप¥यो । आम्दानीका लागि मात्रै सोच्नेभन्दा पनि खाना नहुने र प्रयोगमा ल्याउन नहुने चिज उत्पादन भएकालाई छुट्याउने काममा स्थानीय सरकार निरन्तर लागिरहने बताउनुभयो । 

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नवराज अवस्थीले अधिकारलाई मात्रै बढाइरहनु र कार्यान्वयनमा जोड नदिने हो भने अधिकारको मात्रालाई बढावा दिएर उपभोक्ता ढुक्क हुने अवस्था नरहेको बताउनुभयो । आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउनुपर्ने कुरालाई मौलिक हकको रूपमा राखे पनि अझैसम्म कुनकुन सेवा वा उपचार निःशुल्क पाउने भन्ने कुरा उपभोक्ताले थाहा पाइरहेको अवस्था नरहेको उहाँले बताउनुभयो । स्वास्थ्यमा समान पहुँचलगायतका विषयमा सेवाग्राही नै सचेत भएन भने सेवा प्रदायकले दिनुपर्ने गुणस्तरीय सेवाबाट वञ्चित हुने अवस्था रहनसक्नेतर्फ सचेत गराउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य