२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटबाट अवैध काठ बरामद

२०७५, २८ फाल्गुन मंगलवार ०६:१३

फागुन २८, नुवाकोट | जिल्ला वन कार्यालय नुवाकोटले सामुदायिक वनबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको ७२ गोलिया सल्लाको काठ बरामद गरेको छ । 

विदुर नगरपालिका–१२ स्थित पारीपाखा सामुदायिक वनबाट कटान गरी बिक्रीका लागि लैजाँदै गरेको उक्त परिमाणको काठ र काठ बोक्न प्रयोग भएका दुई मिनीट्रक सोमबार प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार यादवले जानकारी दिनुभयो । 

यादवका अनुसार काठसहित केही व्यक्तिलाई समेत पक्राउ गरिएकाले संलग्नको पहिचानपश्चात् जिल्ला अदालतमा मुद्दा चलाइने तयारी छ । “सामुदायिक वनमा कटान भएको काठ बोकेर बिक्री गर्न लैजाँदै गरेको बा३क २०८६ नंको मिनीट्रक र त्यसका चालक सुमन राई तथा बा४ख ९९१ नंको मिनीट्रक र त्यसका चालक सन्तोष राईसहित पाँच माथि अनुसन्धान थालिएको छ”, यादवले भन्नुभयो, “कटान गरेको काठको रुख सङ्ख्यालगायतका कैफियत स्थलगत अवलोकनपश्चात् तयार हुने प्रतिवेदनअनुसार कारवाही अघि बढाइने छ ।” 

जिल्ला वन कार्यालयले विसं २०७२ देखि जिल्लाको निजीलगायत सबै वन क्षेत्रमा उत्पादन भएका सल्लाको काठको व्यावसायिक कारोवारमा प्रतिबन्ध लगाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला