Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एलपी ग्याँस चुहावट भएर आगगाली हुँदा एकै परिवारका छ जना घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन २८, भद्रपुर । झापाको कचनकवल–२ पाठामारीमा सोमबार साँझ भान्सामा खाना पकाउने क्रममा एलपी ग्यास चुहावट भएर आगगाली हुँदा एउटै परिवारका छ जना जलेर घाइते भएका छन् ।<br></p><p>घाइते हुनेमा ३० वर्षीया भारतीदेवी यादव, २९ वर्षीया चन्द्रकुमारी यादव, ७ वर्षीय आयुष यादव, ८ वर्षीया नियाकुमारी यादव, २९ वर्षीय शिवकुमार यादव र १८ वर्षीया चाँदनी यादव रहेको प्रहरीले जनाएको छ ।</p><p>जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार घाइते सबैलाई स्थानीयवासी र प्रहरीको सहयोगमा उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा भर्ना गरिएको छ ।</p>