2026-10-15 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राउटेलाई बैंकबाटै भत्ता

फागुन २९ सुर्खेत । जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय पछिल्लो समयमा आधुनिकतातर्फ उन्मुख भएको छ । जंगलमै बासस्थान बनाएर काठका सामग्री अन्नबालीसँग साट्ने र जीविकोपार्जन गर्दै आएका राउटेहरु बदलिएका छन् । विगतमा पैसा छुँदा पाप लाग्छ भन्ने उक्त समुदायका नागरिकहरु बैंकबाट पैसा बुझ्न थालेका छन् ।

सुर्खेतको लेकवेशी नगरपालिकाको चिप्लेमा बस्दै आएका राउटे समुदायका मुखियाहरुले पहिलो पटक बैंकबाट तलव बुझेका छन् । पुर्खादेखि नै पैसा छुनु हुँदैन भन्दै आएका राउटेहरुले पहिलो पटक बैंक सेवा लिएका हुन् । राउटे समुदायको मुलीका रुपमा छनोट भएका तीन जना मुखियाले पहिलो पटक मुखिया पदको तलव बुझेका हुन् । सामाजिक सेवा केन्द्र दैलेखबाट फागुन १२ गते मुखिया पदमा नियुक्ति पाएका मुखियासहित थप दुई जना राउटेले बैंकबाट चेक साटेर तलव बुझेका हुन् । उनीहरुले मेगा बैंक सुर्खेत शाखाबाट बुधबार चेकमार्फत फागुन महिनाको तलव बापत जनही एक हजार पाँच सय रुपैयाँ तलब बुझे ।

परासामाजिक कार्यकर्ताको रुपमा नियुक्ती पाएका मुखिया सुर्यनारायण शाही, डिलबहादुर शाही, बिरबहादुर शाही र प्रकाश शाही तथा मैनबहादुर शाहीले चेक साटेर पैसा लिएका छन् । पहिलो पटक बैंकिङ कारोबार गरेका राउटेहरु खुसी भएका छन् । ‘पहिलो पटक चेक समाएको हुँ’ मुखिया सुर्यनारायणले भने,‘पहिले मुखिया हुँदा तलव पाइँदैन थियो । अब दिन राम्रा आए। जनता पनि खुसी छन् ।’ सामाजिक सेवा केन्द्र सोसेकका अध्यक्ष हिरासिंह थापाले राउटेलाई बैंकको पहुँचमा र्पुयाउन र आधुनिकतातर्फ ल्याउन चेकमार्फत तलव प्रदान गरिएको बताए । राउटेहरु केही महिना पहिले मात्रै दैलेखको गुराँस गाउँपालिकाबाट सुर्खेत बसाई सरेका थिए । चिसो मौसममा तराई बस्ती सर्ने राउटेहरु गर्मी शुरु भएसँगै पहाडतिर बस्ती बस्ने गर्छन् । हालसम्म जंगलमा बस्दै आएका राउेटहरु कम्तीमा तीन महिनासम्म स्थान परिवर्तन गरि बस्ती सर्ने गर्छन् । विगतमा ननुहाउने उनीहरु आजभोली नुहाउने, सरसफाई गर्ने र पढ्ने गराउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन