२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महिला सांसदलाई प्राथमिकतामा नराखेको गुनासो

२०७५, ३० फाल्गुन बिहीबार १४:५२

फागुन ३०, सुर्खेत । कर्णालीका महिला सांसदहरुले आफूहरुलाई मिडियाले प्राथमिकतामा नराखेको गुनासो गरेका छन् । प्रदेश सभा सचिवालयको आयोजनामा गरेको कार्यक्रममा प्रदेश सभाका महिला सांसदहरुले आफूहरुलाई सञ्चारमाध्यमले प्राथमिकतामा नराखेको गुनासो गरेका हुन् । 


विशेष र शून्य समयमा महिला र पुरुष सांसदले बोले पनि महिला सांसदका आवाज समाचारमा नसमेटिएको गुनासो सांसद पद्मा खड्काको थियो । उनले तुलनात्मकरुपमा पुरुषभन्दा महिला सांसदहरुका समाचार धेरै कम आएको बताईन् । ‘आफूले संसदमा राखेको वन विज्ञान विश्वविद्यालयको विषयदेखि नदी दोहन, बाटोघाटोका समस्याहरु मिडियाबाट सार्वजनिक हुन नसकेकेको उनको दुखेसो थियो । सांसद कौशिला खत्री, मिनासिंह रखाललगायतले पनि सञ्चारमाध्यम महिलामैत्री नहुँदा संसदमा राखेका गम्भीर सवाल पनि बहसको विषय हुन नसकेको गुनासो गरिन् । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले  सञ्चार माध्यममा कसरी विषय उठान गर्ने भन्ने विषय सांसदको कलामा भर पर्ने बताइन् । उनले हरेक विषयलाई सञ्चार माध्यमले गम्भीरताका साथ लिएर जनतालाई सूसुचित गर्न समेत आग्रह गरिन् । 

प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती विष्टले प्रादेशिक संसदको अभ्यासमा रहेकाले कतिपय विषयमा ध्यान पुग्न नसक्ने भन्दै संसद र पत्रकारबीचको सहकार्यमा सच्याउँदै लैजानुपर्ने धारणा राखिन् । बेलायती पूर्वसांसद एनी मक्लौगल्लिनले सञ्चारमाध्यमले गर्ने आलोचनालाई स्वीकार गर्न सांसदहरुलाई आग्रह गरेकी छन् । नेपालमात्रै होइन विश्वका अन्य देशमा पनि पुरुषलाई जति सहज महिला सांसदलाई नभएको उल्लेख गरिन् । 


कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले पत्रकारलाई समाचार संकलनमा सहज बनाउन प्रदेश सभा सचिवालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । नेकपा प्रमुख सचेतक गुलावजंग शाहले पत्रकार र सांसदहरुबीच अन्योन्याश्रित सम्बन्ध रहनुपर्नेमा जोड दिए । कांग्रेस प्रमुख सचेतकहिमबहादुर शाहीले लोकतन्त्र र लोकतान्त्रिक व्यवस्था जोगाउन संसदीय मामिला पत्रकारको भूमिका बढी हुने बताए । कार्यक्रममा वरिष्ठ पत्रकार तीर्थ कोइराला र नितु पण्डितले संसदभित्रका विषयलाई प्रस्तुत गर्दा सांसद र पत्रकारले धेरै सजगता अपनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा संसदीय मामिला पत्रकारले प्रदेश सभा सचिवालय पत्रकारमैत्री हुन नसकेको गुनासो गर्दै समाचार संकलनमा सहजता अपनाइदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी