२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हिंसाबाट बच्न बालिकालाई आत्मरक्षा प्रशिक्षण

२०७५, १ चैत्र शुक्रबार १५:२४

चैत्र १, सुर्खेत । महिलामाथि हुने हिंसा बढ्न थालेपछि बालिकाहरुलाई आत्मरक्षा प्रशिक्षण दिइएको छ । बलात्कार तथा हिंसाका घटनाबाट बच्न सुर्खेतका विभिन्न विद्यालयमा अध्ययनरत बालिकाहरुलाई सेल्फ डिफ्यान्स अर्थात आत्मरक्षा प्रशिक्षण दिएको हो । 


महिलाहरु माथि हुने हिंसालाई न्युनिकरण गर्न सुर्खेतका बालिकाहरुलाई स्कुलमै पुगेर विज्ञ प्रशिक्षकहरुले आत्मरक्षा प्रशिक्षण दिइएका छन् । आत्मरक्षा प्रशिक्षण सिकेका बालिकाहरुले विद्यालयका अन्य बालिकाहरुलाई हिंसाबाट कसरी बच्ने भन्ने विषयमा प्रशिक्षित गराउन थालेका छन् । एक्लै यात्रा गर्दा वा बाटोमा हिड्दा आफूमाथि हुने हिंसा रोक्न सेल्फ डिफ्यान्स अर्थात आत्मरक्षा प्रशिक्षणले सहयोग पुग्ने अपेक्षा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय करैखोलाका छात्रा निश्चल कोइरालाका भनाई छ । सुर्खेतका जिल्लाका १२ विद्यालयका ३६० बालिकाहरुलाई हिंसाबाट बच्न आत्मरक्षा प्रशिक्षण दिइएको हो । बालिकाहरुमाथि हुने हिंसा र बलात्कारका घटना बढ्दै गएकाले आत्मरक्षा प्रशिक्षणले सहयोग पुग्ने धारणा छात्रा कोइरालाको छ । महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यले सञ्चालित प्रशिक्षणबाट अभियुक्तको कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र आफ्नो गोप्य अंगको सुरक्षाका लागि के गर्न सकिन्छ भन्नेबारे ज्ञान दिइएको छ । आत्मरक्षा प्रशिक्षणमा बालिकाहरुमाथि बाहिरबाट हुने आक्रमणका विषयमा प्रशिक्षित गराइएको ग्लोबल एक्शनका सामाजिक परिचालक मिना विश्वकर्माको भनाई छ । ‘सैद्धान्तिक नभई प्रयोगात्मक रुपमा आत्मरक्षा प्रशिक्षण दिएका छौं’ विश्वकर्माले भनिन, ‘यसले आकस्मिक अवस्थामा प्रतिरक्षा गर्न बालिकाहरु सक्षम बनेका छन् ।’ 

आफ्नो क्षमता आफूले पहिचान गर्ने, हिंसाका किसिम के–के हुन्, परिस्थितिजन्य अवस्थामा आफूलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा समेत बालिकाहरुलाई प्रशिक्षित गराएकाले हिंसा तथा बलात्कारका घटनामा न्युनिकरण हुने अपेक्षा छ । शारीरिक प्रतिरक्षाका साथै महिला हिंसाका कारण, कानूनी उपचार र अन्यायमा परे कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा पनि परामर्श दिएको विश्वकर्माको भनाई छ । उनका अनुसार धम्क्याएर बलात्कार प्रयास भए प्रतिरक्षाका लागि किशोरीको मनोबल उच्च पार्न के–कस्ता उपाय अपनाउन सकिन्छ भन्नेबारे किशोरीलाई सिकाइएको छ । आत्मबल उच्च राखेर तत्काल उम्कन सकिने गरी आक्रमण गर्ने तरिकाका विषयमा शारीरिक प्रशिक्षण दिइएको छ । ‘कसरी सुरक्षित हुने भन्ने शारीरिक र मानसिक उपायबारे पनि सिकाइएको छ’ विश्वकर्माले थपिन्, ‘बलात्कार र महिला हिंसाको वर्तमान अवस्थाबारे जानकारी गराउँदै आत्मरक्षाका लागि बालिकाहरु प्रशिक्षित भएका छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै