2026-09-18 09:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शिक्षा कार्यालयका कर्मचारीको कर्तुत पदीय दम्म देखाई नीजि विद्यालयमा छोराछोरी पढाउँदै

पछिल्लो समयमा जिल्ला शिक्षा कार्यालयका कर्मचारी एकपछि अर्को काण्डमा मुछिदै आएका छन् । कहिले लाखौ रकम लिएर शिक्षक सरुवा तथा कहिले आफ्ना श्रीमती र आफन्तलाई शिक्षकमा सरकारी विद्यालयमा भर्ति गरेको विषयले चर्चामा आइरहेका जिल्ला शिक्षा कार्यालय पर्वतका कर्मचारी फेरि अर्को काण्डमा पनि मुछिएका छन् । सरकारी विद्यालयमा सेवा प्रवाह गर्ने र सरकारी विद्यालयलाई संरक्षण, विकास तथा सम्र्बधन गर्ने कसम खाएर जागिरमा प्रवेश गरेका जिल्ला शिक्षा कार्यालय पर्वतका कर्मचारी आफ्नो पदको दुरुपयोग गरेरको रहस्य खुल्न आएको हो । जिल्ला शिक्षा कार्यालय पर्वतका कर्मचारीले आफ्नो पदीय दम्भ र कानुनी उल्झन देखाए निजी विद्यालयहरुमा ज्याजती गर्दै आएका एक अनुसन्धानमा भेटिएको हो । उनिहरुले निजी विद्यालयहरुलाई नियमन गर्ने दभाव देखाएर छोराछोरीलाई निशुल्क रुपमा पढाउँदै आएको रहस्य बाहिर आएपछि उनीहरुले नीजि विद्यालयसँग के सम्झौता गरेका छन् भन्ने कुरा प्रष्ट भएको हो । जिल्ला शिक्षा कार्यालयका कर्मचारीले यसरी पदीय र कानूनी उल्झन देखाएर आफुहरुलाई दुख दिने गरेका नीजि विद्यालयका संचालकहरुबाट यdeo-office-parbat-650x369-400x227तिबेला गुनासो आइरहेको छ ।

कर्मचारीलाई विभिन्न करमा नाममा आँफुहरुलाई वार्षिक २ देखी ४ लाख सम्म कर अशुल गर्ने निकायले छोराछोरीहरुलाई विना शुल्क पढाउन दभाव दिएको पर्वतका संस्थागत विद्यालयका संचालकहरुले गुनासो छ । जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले कालिगण्डकी एकेडेमीमा, विद्यालय निरीक्षक झलक शर्माले नमुना आवाशिय माविमा, त्यसै गरी कार्यलयका उद्धिमराज पौडेल र वविता शर्माले राष्ट्रिय वालि शिक्षा सदनमा आफ्ना छोराछोरी निःशुल्क पढाउँदै आएको र नीजि विद्यालयका संचालकलाई आफ्नो पदीय र कानूनी उल्झन देखाइ मनोमानी गरेको रहस्य बाहिर आएको हो ।

निज कर्मचारीहरुले कक्षा नसर्री देखी दश सम्म कुनै पनि शुल्क नतिर्ने गरेको सम्वन्धीत विद्यायहरुले जनाएका छन् । नियममन गर्ने निकायमा जागिर भएका कारण आँफुहरुलाई दभाव दिँदा आएको संस्थागत विद्यालयका संञ्चालकहरुको गुनासो छ । नियमन निकायले नै नियम विपरीत काम गर्दै आएको पर्वत प्याप्सनले बताएको छ । आँफुहरु कार्यलयमा पुगेर गुनासो राख्दा समेत कार्यलयले कुनै प्रतिकृया नदिएर सबै कर तिरेर सञ्चालनमा ल्याएका निजी शैक्षिक संस्था प्रति कार्यलय अनुदार बनेको प्याप्सन अध्यक्ष हिमबहादुर पौडेलले बताउँछन् ।

अध्यक्ष पौडेलले कार्यलयका कर्मचारीहरुले पद्धिय दुरुपयोग गर्दै आएको दाबी गरे ।  आफ्ना छोराछोरी नीजि विद्यालयमा पढाउने तर सामुदायिक विद्यालयको शैक्षिक अबस्था के छ त्यसको बारेमा चाँसो नदिने गरेका कारण पनि सामुदायिक विद्यालयको शैक्षिक अबस्था कमजोर हुदै गएको सरोकारवाला निकाय बताउँछन् ।

-महेन्द्र जिसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई