2026-09-18 10:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फलेवासमा खानेपानीको हाहाकार

साजन परियार/चैत्र
जिल्लाका बिभिन्न बिकट गाउँमा खानेपानीको अभाव भएको खबर आईरहेका बेला जिल्लाको समथर भुभाग र सुगम मानिने फलेवासमा पनी खानेपानीको समस्या भएको छ ।बर्षायम सँगै पानीको मुल बढेको भएपनि उचित संरक्षण र व्यवस्थापनमा ध्यान नदिंदा खानीपानीको समस्या भएको हो । फलेवास क्षेत्रमा पर्ने खानीगाउँ र देविस्थानका गाविसमा एक हप्ता देखी धारामा पानी नआउँदा यहाँका नागरिकहरु पानीको अभावमा रहेका छन् ।  बर्षातको समयमा पर्याप्त पानी भएपनि फागुनदेखि असारसम्म सो समस्या झेल्नु परेको छ । भौगोलिक बनावटले निकै समथर भू–भाग रहेको उक्त ठाउँमा सुख्खा याममा आकासे पानी र साझा पानी ट्याङँकीको सिमित पानीले कष्टकर जीवन गुजार्नु पर्ने बाध्यता रहेको खानीगाउँका यूवा मोहन थापाको भनाई छ । करिब ४ सय घरधुरी रहेको खानीगाउँ गाविस र देविस्थान गाविसमा अहिले करिब १ दर्जन धाराहरुमा मात्रै पानी आउने गरेको छ ।

विहान वेलुका खानेपानीको जोहो गर्न लाईनै बस्नुपर्ने समस्या रहेको देविस्थानकी बर्षा श्रेष्ठले गुनासो गर्नुभयो । खाना पकाउने, पिउने लगायत घरायसि प्रयोजनका लागी पानीको व्यवस्थापन गर्न गाउँका वृद्धा गृहिणीहरु डोकोमा गाग्री मार्फत खानेपानीको जोहो गर्दा आफुहरुलाई असहज भएको बताउँछन् । विहानको समय सवै खानेपानीको व्यवस्थापनमा खर्चीनु पर्दा अन्य घरको काम गर्न नपाउने समस्या देखीएको स्थानिय लकास सुवेदीले गुनासो छ । गाविसमा रहेका स्रोतको संरक्षण गर्न नसक्दा खानेपानीको समस्या वर्षेनी सृजना भएको स्थानिय वासीको भनाई छ पानीको स्रोत भएपनि पानीमा भल पस्ने,पाईप चुहावट हुने,पहिरोले मुहान र पाईपमा क्षती पु¥याउँदा खानेपानीको अभाव भएको स्थानिय यामवहादुर परियारले बताउनु भयो ।खानेपानीको व्यबस्थापन प्रभावकारी नहुँदा मानिसलाई पिउने गाईवस्तु ख्वाउने पानीका लागि कुवा र खोलामा जानुपर्ने बाध्यता रहेको छ । पानी लिनको लागि लमायखोला,फुलवारी ,खरिया ,सत्तल लगायतका ठाउँमा पुगेको स्थानीय वासीले वताएका छन । हप्ताऔ देखी धारामा पानी नआउँदा समेत खानेपानी उपभोक्ता समितीले उचित किसिमको पहल नगरेको स्थानीय उपभोक्ताहरुको गुनासो रहेको छ । उपभोक्ता समितीले पानी आउन नसक्नुको कारण पत्ता लगाउन नसकेको वताएको छ ।स्थानिय उपभोक्ता समितीले पानीको व्यबस्थापन तर्फ ध्यान दिन नसकेको टिप्पणी हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई