३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतबाट ३६ जनाले एसएलसी दिन नपाउने

१५ चैत्र २०७२, सोमबार ०२:३७

एसएलसीमा ६ लाख भन्दा बढी सहभागी हुदै

studentबिद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका यसबर्ष पर्वतबाट ३६ जनाले एसएलसी दिन नपाउने भएका छ्न । यहि चैत्र १८ गते देखी शुरुहुने यस वर्षको प्रवेशिका परिक्षा (एसएलसी) मा हाजिरी नपुगेका कारण उनीहरु परिक्षा दिनबाट बञ्चित भएका हुन् । जिल्लाबाट यस बर्षको एसएलसीको लागि  ४ हजार ४ सय १९ विद्यार्थीहरुले सहभागी हुदैछन् । जसमध्ये  नियमीत तर्फ ३ हजार ३ सय ६१ र एग्जाम्टेड् तर्फ १ हजार ५८ बिधार्थी रहेका छन् । यस्तै नियमीत तर्फ १ हजार ६ सय १६ छात्रा र १ हजार ७ सय ६ छात्रले एसएलसी परिक्षा दिदै छन् भने एग्जाम्टेड् तर्फ १ हजार ५८ छात्रा  र ६ सय ३४ छात्रले सहभागी हुने जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ । कुल १९ वटा परिक्षा केन्द्र भएको जिल्लामा सोहीकै दरमा केन्द्राअध्यक्ष तोकिएको छ केन्द्राध्यक्ष  आवश्यक सामग्री लिएर प्रत्येक केन्द्रमा पुगीसकेको जिल्ला शिक्षा अधिकारी  रमेशराज पौडेलले बताए । उनले एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्दा बिद्यार्थीहरुको नाम थर जन्म मिती, ठेगाना अंग्रेजी हिज्जे र परीक्षा दिएको बिषय गल्ति कम गर्न परीक्षार्थीहरुलाई परीक्षाको अन्तिमदिन परिचयपत्र बितरण गरिने पनि जानकारी दिए ।
एसएलसीमा ६ लाख भन्दा बढी सहभागी हुदै
चैत १८ गतेदखि सुरु हुने यस वर्षको प्रवेशिका परीक्षामा छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुने भएका छन्।  परीक्षा दिने कोही विद्यार्थी पनि अनुत्तीर्ण नहुने यस वर्षको  परीक्षामा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र पुनःपरीक्षातर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुने छन् । यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ परीक्षार्थी सहभागि हुनेछन् । सबैभन्दा बढी काठमाडौंमा करिब ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिनेछन् । परीक्षाको आवश्यक सम्पर्ण तयारी पूरा गरिएको बताउँदै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले यस वर्षको परीक्षा शान्तिपूर्ण सम्पन्न गर्न अनुगमनलाई कडा पारिने बताए यस वर्षको परीक्षाका लागि देशभर एक हजार ४ सय ४३ परीक्षा केन्द्र  निर्धारण गरिएको छ। कार्यालयले यस वर्षदेखि एसएलसी परीक्षा दिने       परीक्षार्थीलाई परीक्षा सकिएकै दिन उनीहरुको परिचयपत्र वितरण गर्ने भएको छ ।  परीक्षाको नतिजा सार्वजनिक गर्दा विद्यार्थीको नामथर, जन्ममिति, ठेगाना, अङ्ग्रेजी हिज्जे र परीक्षा दिएको विषयमा गल्ती समयमै सच्याउन परीक्षार्थीलाई परीक्षा सकिएको दिन परिचयपत्र वितरण गरिने भएको हो ।     परिचयपत्र वितरण गर्दा त्यसमा भएको विवरण र प्रवेशपत्रमा भएको विवरण फरक परेमा विद्यार्थीले विवरण सच्याउन १५ दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिन सक्ने बताइएको छ ।     यस वर्षको परीक्षाको नतिजा अक्षराङ्क विधिबाट सार्वजनिक गरिने भए पनि परीक्षा सञ्चालनको विधि भने विगत वर्षमा जस्तै हुने जनाइएको छ । परीक्षाको मर्यादा विपरीत अमर्या्दित कार्य गर्ने जोकोहीलाई कसुरको मात्रा हेरेर रु एक लाख जरिवाना वा छ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन