२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङका तीन स्थानमा निःशुल्क आँखा शिविर

४ चैत्र २०७५, सोमबार ०८:५८

चिसाङ शेर्पा | चैत्र ४, खोटाङ | नेत्र रोगीहरुका निम्ति जिल्लाको तीन स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । मोतीबिन्दु, जलबिन्दु, खस्रेरोग(आँखाको परेलाले घोचेर घाँउ हुने रोग), रेटिना (आँखाको पर्दा फाटेर रक्तश्राप हुने रोग), रतन्धो, कलर ब्लाइन्ड (दृष्टिदोष), आँखाको अल्सर, आँखामा आँसु जम्मा हुने लगायत असंख्य आँखाका रोगीहरुका लागि शिविर संञ्चालन हुने भएको हो ।


सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति संघ खोटाङको आयोजनामा चैत्र १९ गतेदेखी २७ गतेसम्म तीन स्थानीय तहमा शिविरको आयोजना गरिने सोमबार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । केपीलासगढी गाउँपालिका अन्तरगत स्वास्थ्य चौकी बाक्सिलामा चैत्र १९–२०, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तरगत आँखा उपचार केन्द्र दिक्तेलमा चैत्र २२–२४ र हलेसी तुवाचुङ नगरपालिका अन्तरगत हलेसीको आँखा उपचार केन्द्रको भवनमा २६–२७ गतेसम्म शिविर संञ्चालन गरिने नेपाल नेत्र ज्योति संघ खोटाङका सभापति इन्द्र कसजुले बताए ।

तीन स्थानको शिविरमा अनुमानित ४ हजार २३५ जना आँखा रोगीको आँखाको जाँच, औषधि वितरण, मोतीबिन्दुको शल्यक्रिया, शल्यक्रिया भएका युवा तथा प्रौढलाई शःशुल्क चश्मा वितरण, ज्येष्ठ नागरिकलाई निःशुल्क दृष्टि चश्मा वितरण, बालबच्चा र फरक क्षमता भएकाहरु लगायत अन्य सेवाग्राहीलाई आवश्यकता अनुसार आँखा जाँच, शल्यक्रिया, औषधि तथा चश्मा वितरण गरिने छ । ज्येष्ठ नागरिकका हकमा भने सम्बन्धित नगरपालिका तथा गाउाँपालिकाको सहयोगमा निःशुल्क चश्मा वितरण गरिनेछ । २०६० बैशाख १५ गते जिल्लाका समाजसेवी तथा विकासप्रेमीहरुको साझा प्रयासबाट आँखाका रोगबाट पीडित बिरामीलाई आँखा उपचार सेवामा केही गर्न सकिन्छ भन्ने विश्वासका साथ संस्थागत रुपबाट अगाडी बढेको संघले दिक्तेल र हलेसीमा आँखा उपचार केन्द्र स्थापना गरी प्रभावकारी सेवा प्रदान गरिरहेको छ ।

वार्षिक रुपमा शिविरको आयोजना गर्दै आएको संघले हालसम्म जिल्लामा २० पटक भन्दा बढी निःशुल्क आँखा शिविर सञ्चालन गरी १५ सय ८५ जना भन्दा बढीको मोतिबिन्दु रोगको सफल शल्यक्रिया गरी १५ हजार जना बढीको नेत्र विशेषज्ञबाट आँखा जाँच गरी आवश्यकता अनुसारको औषधि तथा चश्मा वितरण गरी सकेको नेत्र ज्योति संघ खोटाङले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य