2026-09-08 02:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

दुई दिनपछि सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार

दान बहादुर बुढा | चैत्र ५ मुगु | जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका वडा नम्बर  ५ नेहेरमा दुई दिन देखि सुत्केरी व्यथा लागेकी एक गर्भवती महिलाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

वडा नम्बर ५ नेहेर गाउँकी ४५ वर्षीया चन्द्ररुपा शाहीलाई आईतबार बिहानदेखि सुत्केरी व्यथा लागेको थियो । सातौ पटक गर्भवती शाहीलाई  आईतवार देखि सुत्केरी व्यथा लागे पनि प्रसुति हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरबाट सुविधा सम्पन्न अस्पतालमा लैजान निकै प्रयास गरिए पनि सोमबार उद्धार हुन नसकेको चन्द्ररुपाका श्रीमान जगतबहादुर शाहीले जानकारी दिए ।

 आईतवार देखि सुत्केरी व्यथा लागेपछि सोरु गाँउ पालिका नेर गाउँमा रहेको फेज नेपालको गाउँ घर क्लिनिकमा उपचार गरिएको थियो । क्लिनिकमा विरामी शाहीलाई राखिएको र उनको तौल निकै कम रहेको, पाठ्यघरमा पानीका फोका फुटेको तथा एक बच्चा रहेकाले सुत्केरी गराउन निकै कठिन भए पछि सुविधा सम्पन्न अस्पतालमा लैजान फेज नेपालको क्लिनिकमा कार्यरत डाक्टर पिटर हाईटले सल्लाह दिए पछि मंगलबार दिउसो नेपाली सेनाको एम आई १७ हेलिकप्टरबाट क्षेत्रीय अस्पताल सुर्खेतमा लगिएको जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार ढकालले जानकारी दिए । 

 गाउँमा हेलिकप्टर बस्ने ठाउँ नभए पछि हुम्लाको तुम्चसम्म विरामीलाई बोकेर लगेको र हेलिकप्टर पनि तुम्चमा अवतरण गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । महिला तथा बालबालिका मन्त्रालय अन्र्तगत राष्ट्रपति उद्धार कोषको सहायतामा गर्भवती शाहीको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरिएको हो । 

शाहीको यो सातै गर्भ हो । अनि संग २ बच्चा जिबित छन । एक गर्भमा रहेको र अन्य बच्चाको मृत्यू भई सकेको  दुई दिन पहिला देखी लागेको ब्याथालाई नेरमा रहेको फेज नेपाल नामक सस्थाको गाँउ घर क्नििकमा उपचार गरीयो अन्तीममा निकै गारो भए पछि जिल्लामा सरोकारवाला निकाय संग जानकारी गराई आज बल्ल शाहीको नेपालि सेनाको हेलिकप्टर बाट उदार गरीएको फेज नेपाल नामक सस्थाका जिल्ला संयोजकले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम