पर्वत, नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले आफ्नो ६१ औं स्थापना दिवसको अबसरपारी जिल्ला अस्पताल पर्वतमा रहेको विरामीलाई फलफुल वितरण गरेको छ । सोमबार ६१ औं स्थापना दिवसको अबसरपारि विहान महासंघको कार्यालयबाट प्रभातफेरी गरी जिल्ला अस्पतालमा गएर विरामीलाई फलफुल वितरण गरी आफ्नो स्थापना दिवस मनाएको हो । अस्पतालमा रहेका ७० भन्दा बढी विरामीलाई फलफुल वितरण गरेको हो ।
उक्त कार्यक्रममा जिल्लामा रहेको विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि समेतको सहभागिता रहेको थियो । महासंघका उपाध्यक्ष गोपाल जिसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव छविलाल तिवारीले गरेका थिए । संविधानले मौलीक हकका रुपमा राखेको सुचना संचारको हकलाई कहि कतैबाट कुन्ठित गर्न नुहने र प्रेस स्वतन्त्रतालाई पूर्ण प्रेस स्वतनत्रका रुपमा स्थापित गर्नू पर्नेमा जोड गरेका थिए ।