१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जेहेन्दारलाई छात्रवृत्ति दिएको हो –प्याव्सन

१७ चैत्र २०७२, बुधबार ०२:४९

यसरी बचाउँदै छ प्याव्सनले शिक्षा कार्यालयका कर्मचारीलाई
पर्वत, नीजि विद्यालयले जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको पर्वत प्याव्सनले जनाएको छ ।  जिल्लामा रहेका नीजि विद्यालयमा साँठगाँठ मिलाएर जिल्ला शिक्षा कार्यालय पर्वतका कर्मचारीले आफ्नो पदीय दम्भ र उल्झन देखाई निशुल्क रुपमा आफ्ना छोराछोरी पढाएको समाचार बाहिर आएपछि पर्वत प्याव्सनले यस्तो बताएको हो ।

जिल्लामा रहेका पत्रपत्रिका तथा अनलाइन र सामाजिक संजालमा समेत शिक्षा कार्यलयका कर्मचारीले आफ्नो पदीय दम्भ देखाई नीजि विद्यालयलाई कानूनी उल्झनमा पारेर कक्षा १ देखि १० सम्म आफ्ना छोराछोरी पढाएको खबर बाहिर आएपछि प्याव्सन पर्वतले कुनै पनि कर्मचारीका छोराछोरीलाई डरका भरमा निशुल्क अध्यापन नगराएको तर जेहेन्दार छात्रवृत्ति उपलब्ध गराएर शिक्षा निमावलीको पालना गरेको आसयको विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।

प्याव्सन पर्वतका अध्यक्ष हेमबहादुर क्षेत्री र सचिव रामकृष्ण रेग्मीको संयुक्त हस्ताक्षर भएको उक्त विज्ञप्तीमा  “कुनै पनि कार्यालयका कर्मचारीहरुका छोराछोरी भएकै आधारमा कुनै पनि विद्यालयले आफनो निति विपरित शूल्क छुट नदिएको तर शिक्षा नियमावली अन्र्तगतका छात्रबृत्ति तथा विद्यालयले दिने जेहेन्दार छात्रवृत्ति तथा अन्य सुविधाहरु पाउने अधिकार भने सबै अभिभावक र विद्यार्थीहरुलाई रहेको जानकारी गराईन्छ जुन सामाजिक न्याय अन्र्तगत पर्ने विषय हो भन्ने कुरामा नजर अन्दाज नगरिदिनुहुन पनि सबैमा अनुरोध छ । ” अर्थात् कर्मचारीका छोराछोरीलाई जेहेन्दार छात्रबृत्ति दिएको आसय उल्लेख छ ।

“ शिक्षा कार्यालयका कुनैपनि अधिकृत तथा कर्मचारीहरुबाट पदीय हैसियतमा कुनै पनि किसीमका कार्यका लागि दवाव दिने वा प्रभाव पार्ने उद्धेश्यले कुनै पनि कार्यहरु नभएको समेत विज्ञप्तीमा उल्लेख छ ।  विभिन्न माध्यममा आएका समचारले प्याव्सन र जिल्ला शिक्षा कार्यालयको सम्बन्धमा कुनै विग्रन नसक्ने भन्दै यसमा आफुहरु सचेत रहेको र अरुलाई पनि सचेत रहन बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता