२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बैतडीबाट ५ खेलाडी प्रदेशका लागि छनोट

२०७५, ७ चैत्र बिहीबार १६:३१

चैत ७, बैतडी (रासस) | प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता खेल्न जिल्लाबाट पाँच खेलाडी छनोट भएका छन् । छनोट हुने खेलाडीमा दीपक बोहरा, सुनील चन्द, महेश ऐरी, सन्तोष चन्द र केशव साउद रहेका छन् । 

जिल्ला क्रिकेट सङ्घका सदस्य तेजप्रकाश भट्टका अनुसार विभिन्न क्लबबाट सहभागी भएका खेलाडीलाई प्रदेशका लागि छनोट गरिएको हो । छनोट भएका खेलाडीले यही चैत ८ र ९ गते कैलालीको फाप्ला क्रिकेट मैदानमा प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछन् । उक्त प्रदेशस्तरीय छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट छनोट भएर आएका खेलाडीमध्येबाट सुदूरपश्चिमको टोली छनोट गर्न प्रतियोगिता हुने प्रशिक्षक दीपेन्द्र बोहराले बताउनुभयो । 

सुदूरपश्चिमबाट छनोट भएको टोलीले राष्ट्रिय खेलकूद परिषद्ले आयोजना गर्ने यु– १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्नेछ । राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीबाट एसिसी यु– १६ नेपाली टोलीको छनोट हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?