2026-10-15 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जमुनाहा–हिल्सा दु्रतमार्ग: कर्णालीको समृद्धिमा कोशेढुंगा

चैत्र ८, सुर्खेत । कर्णाली प्रदेश सरकारले पहिलो वार्षिक नीति तथा कार्यक्रममै उल्लेख गरेको आयोजनामा पर्दछ, जमुनाहा–हिल्सा द्रुतमार्ग । नेपाल–भारत दक्षिणी नाका जमुनाहादेखि उत्तरी नाका हिल्सा जोड्ने यस आयोजनाको प्रारम्भिक सर्भे पुरा भइसकेको छ । चीन सरकारको स्वामित्वमा रहेको चाइना रेल्वे इन्जिनियरिङ कम्पनीले पहिलो चरणमा सुर्खेत–हिल्साको सम्भाव्यता अध्ययन सम्पन्न गरेको हो । 

२०७५ बैशाख १ गते रारा–कर्णाली पर्यटन वर्ष उद्घाटनको पूर्व सन्ध्यामा रारामा सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले यही सडकलाई जमुनाहा–हिल्सा प्रधानमन्त्री अन्तर्राष्ट्रिय दु्रतमार्गका रुपमा नामकरण गर्यो । र, सङ्घीय सरकारलाई सहयोग गर्न आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकका निर्णयहरु हस्तान्तरण गरिएको थियो । कर्णाली सरकारको अनुरोधबमोजिम प्रधानमन्त्रीको असार पहिलो साता सम्पन्न चीन भ्रमणमा कर्णाली आर्थिक करिडोर विकासका लागि सम्भाव्य सहयोग गर्न चीन सरकार सहमत भएको थियो । असोजमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको चीन भ्रमण क्रममा त्यहाँको सरकारी टोलीसंग द्रूतमार्ग निर्माणका लागि प्रारम्भिक समझदारी भएको थियो । सङ्घीय सरकारले चिनियाँ कम्पनीलाई सर्भे गर्न स्वीकृति दिएपछि दू्रतमार्ग निर्माणको सपना पुरा हुने भएको हो । कर्णाली सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीले प्रारम्भिक अध्ययन सकिएकाले विस्तृत सम्भाव्यता अध्ययनका लागि सङ्घीय सरकारसमक्ष अनुरोध गरिसकेको जानकारी दिए । उनका अनुसार चिनियाँ कम्पनीलाई डिपिआरका लागि कम्तीमा चार महीना लाग्ने छ । प्रारम्भिक प्रतिवेदनमा सुर्खेत–हिल्सा ४ सय ३ किमी हुनेछ । प्रतिवेदनमा कतिपय स्थानमा सुरुङ बनाउन सकिने उल्लेख छ जसले गर्दा ४० किमी दुरी छोटो पर्नेछ । मन्त्री खत्रीले हिल्सासम्म द्रूतमार्ग निर्माण गर्ने आफूहरुको चाहना पुरा भए कर्णालीको विकासमा ठूलो मद्दत पुग्ने दाबी गरे । ‘भारतीय पर्यटकहरु कर्णालीको बाटो हुँदै मानसरोबर पुग्नेछन्,’ उनले भने, ‘यहाँका उत्पादनहरुको बजारीकरण गर्नमात्र होइन आवागमनमा समेत यो रुट सहज हुनेछ ।’ अन्तर्राष्ट्रियस्तरको यो फाष्ट ट्रयाक बनेसंगै हाल सञ्चालित कर्णाली राजमार्ग र कर्णाली करिडोर यसका सहायक मार्गका रुपमा प्रयोगमा आउनेछन् ।

कात्तिक २७ गतेदेखि ७ सदस्यीय प्राविधिक टोलीले भौगोलिक अवस्थाको अध्ययन गरेको हो । ‘सडक क्षेत्रको भौगोलिक अवस्था राम्रो देखिएको छ, प्रारम्भिक अध्ययन सकारात्मक देखिएको छ’ चिनियाँ रेल्वे इन्जिनियरिङ कम्पनीका प्राविधिकलाई उद्धृत गर्दै उनले भने, दु्रतमार्ग बनेमा ५ देखि १० घण्टामा सुर्खेत–हिल्सा पुग्न सकिन्छ । १२१ किमीमात्र नयाँ ट्रयाक खन्नुपर्ने अवस्था छ ।’ दोस्रो चरणमा निर्माण कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने कार्य अघि बढाउनेछ । दोस्रो चरणमा लगानीको लागत अनुमान, समयावधि, गुणस्तर लगायतका विषयमा अध्ययन गरिनेछ । प्रदेशसभा सदस्य धर्मराज रेग्मीले जमुनाहा–हिल्सा दु्रतमार्गलाई कर्णाली समृद्धिको आधारका रुपमा लिन सकिने बताए । ‘प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशको जनजीवनसंग प्रत्यक्ष जोडिएको त्रिदेशीय सडक हो यो’ उनले भने, ‘यसले सडक पूर्वाधारको क्षेत्रमा कर्णालीमा क्रान्ति नै ल्याउनेछ ।’ दु्रतमार्ग निर्माणमा सङ्घीय सरकारले समेत सकारात्मक सहयोग गरेको उनको भनाई छ । गत असोजमा मुख्यमन्त्रीसंगै चीन भ्रमणमा जानुभएका प्रदेश सभा सांसद रेग्मीले चिनियाँ सरकारले कर्णालीको विकासमा विशेष चासो राखेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन