2026-09-01 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा बाउन्न विद्यार्थीले एसइई दिन नपाउने

चैत ८, चितवन | यस वर्ष जिल्लाबाट ५२ विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन नपाउने भएका छन् । 

शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार ७५ प्रतिशत हाजिर नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाएका हुन । इकाई, परीक्षा शाखाका नायब सुब्बा रघुनाथ अधिकारीले पढ्दै गर्दा विवाह गरेका, आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नपाएका विद्यार्थीको हाजिर नपुगेको बताउनुभयो । 

गत शैक्षिक सत्रमा जिल्लाका ९७ विद्यार्थीले एसइई परीक्षा दिन पाएका थिएनन् । इकाईका निमित्त प्रमुख रामकृष्ण सिङ्खडाका अनुसार यसवर्ष जिल्लामा ११ हजार २५४ विद्यार्थीले एसइई परीक्षा दिँदै छन् । तीमध्ये पाँच हजार ६११ छात्र र पाँच हजार ६४३ छात्रा रहेको उहाँले बताउनुभयो । 

जिल्लाका २२६ विद्यालयका विद्यार्थीले ५४ वटा परीक्षा केन्द्रमार्फत परीक्षा दिँदै छन् । परीक्षार्थीमध्ये एक जनाले बाल सुधार गृह सानोठिमीबाट पनि परीक्षा दिँदै छन् । यस्तै ६ जना न्यून दृष्टियुक्त व्यक्तिले पनि परीक्षा दिन लागेका छन् । यही चैत १० गते बाट एसइई परीक्षा शुरु हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला